सुनसरीमा भेटियो १० हजार गोली र एसएमजी ( ७ तस्विरहरू)

सुनसरी / सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने दश हजार राउण्ड गोली फेला परेको छ । पूर्वी पृतना मुख्यालय इटहरीलाई प्राप्त विशेष सूचनाका आधारमा नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको हो ।

करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरापालनसमेत गर्दै आउनुभएको थियो । प्रारम्भिक चरणमा प्रहरीले मुचुल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।

सशस्त्र द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएका गोली तीन प्लाष्टिकका ड्रममा व्यवस्थित ढङ्गले गाडेर राखिएको अवस्थामा भेटिएको थियो । नेपाली सेनाको विशेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गोलीलाई कानूनी प्रक्रियाअनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित