इटहरी महिला उद्यमशील मेलामा जे देखियाे… (३८ तस्विरहरू)

इटहरी / इटहरीमा उद्यमी महिलाहरुको उत्पादनलाई प्रोत्साहन र बजारीकरणमा सहयोग पुर्याउने उद्धेश्यले इटहरीको टेलिकम नजिकै महिला मेला सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्घाटन गरेकाे उक्त मेलामा एक सय भन्दा बढी स्टलहरू रहेका छन् ।

पौष ६ गतेसम्म संचालन रहने उक्त मेलामा स्थानिय उत्पादनहरूकाे बेजाेड प्रदर्शनी रहेकाे छ । अध्यक्ष देविका बुढाथोकीका अनुसार महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु बजार सम्म नपुग्ने समस्या दीर्घकालीन समाधानका लागि पनि उक्त मेलाको आयोजना गरिएको हो । सीप सिक्न इच्छुकका लागि हामीले निःशुल्क १५ दिने प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेका छौँ, उनले भनिन्, उद्योग क्षेत्र अहिले जटिल अवस्थामा रहेको छ, यसको निराकारणका लागि पनि यो मेला आयोजना गरिएको हो ।

नेपाल उद्यमशील महिला महासङ्घकी अध्यक्ष देविका बुढाथोकीका अनुसार महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु बजार सम्म नपुग्ने समस्या दीर्घकालीन समाधानका लागि पनि उक्त मेलाको आयोजना गरिएको हो । सीप सिक्न इच्छुकका लागि हामीले निःशुल्क १५ दिने प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेका छौँ, उनले भनिन्, उद्योग क्षेत्र अहिले जटिल अवस्थामा रहेको छ, यसको निराकारणका लागि पनि यो मेला आयोजना गरिएको हो । मेलामा हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति समेत रहनेछ । हेर्नुहाेस् मेलाका तस्विरहरू …

प्रतिक्रिया

सम्बन्धित