सेताम्बे इलामकाे सन्दकपुर (तस्विरहरू)

इलाम / इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालका पाँचथर, इलाम तथा भारतको पश्चिम बंगालको सिमानामा रहेको समुन्द्र सतहबाट ३६ सय ३६ मिटर अग्लो सुन्दर ठाउँ हो सन्दकपुर । पाँचथरको फालेलुङ गाँउपालिका र इलामको सन्दकपुर गाउँपालिकाको सीमामा यो स्थान पर्छ । सन्दकपुरबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल नजिकबाट हेर्न सकिने हुँदा यहाँ बर्सेनि हजारौं पर्यटक आउने गरेका छन् । नेपालतर्पmबाट सडक नहुँदा र भौगोलिक कठिनाइ भएको हुँदा अधिकांश पर्यटक भारतीय बाटो हँुदै सन्दकपुर आउने गरेका छन् ।

सन्दकपुरमा सबैभन्दा बढी भारतीय पर्यटक करिब ९० प्रतिशत र बाँकी १० प्रतिशत युरोपियन र अमेरिकन पर्यटक आउने गरेको सन्दकपुरमा होटल गर्ने नेपाली छिरिङ दोर्जे शेर्पाले बताए । सन्दकपुरको अधिकांश भूभाग नेपालतर्फ परे पनि यसको सबै फाइदा भने भारतीय पक्षले नै लिँदै आएको छ । भारतीय पक्षबाट यहाँ सीमा सुरक्षा बल, निकुञ्जको कार्यालय, प्रशासन कार्यालय रहेका छन् । नेपालतर्फबाट भने सीमामा कुनै उपस्थिति नै छैन ।

प्रतिक्रिया

सम्बन्धित