धनुषा बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु (१० तस्विरहरू)

जनकपुरधाम / बम बिस्फोटमा घाइते भएका धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको पनि मृत्यु भएको छ । शुक्रबार राति बम बिस्फोटमा परि गम्भीर घाइते भएका इन्सपेक्टर दहालको विपी कोइराला विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।

शुक्रबार राति इलाका प्रहरी कार्यालय भन्दा केहि पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शौचालय अगाडी राखिएको बम प्रहरी निरीक्षकसहितको टोली एकिन गर्न पुगेको बेला बिस्फोट भएको थियो । त्यहि बेला बम बिस्फोट हुँदा घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । भने इन्सपेक्टर दहाल, प्रहरी जवान रिजन महतो, मृतक साहका छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए । उनीहरुसबैलाई उपचारको लागि धरान लगिएको छ । तर उपचारको क्रममा भने इन्सपेक्टर दहालको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित