पूर्वाञ्चल विश्वविद्यालकाे दीक्षान्त समाराेह भव्य रुपमा सम्पन्न (तस्विरहरू सहित)

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसर गोठगाउँमा नवौं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ । पियूकाे नवाै दीक्षान्त समारोहमा प्रमुख अतिथि गुवाहाटी विश्व विधालय अासाम, भारतका उपकुलपति प्रा. प्रताव ज्याेति ह् याण्डिक थिए । उनले समाराेहमा दीक्षान्त अभिभाषण गरेका छन । दीक्षान्त समाराेहमा विभिन्न विषय तथा विधाका गरि ९ हजार ९ सय ८८ जाना विद्यार्थी सहभागी हुनु पर्नेमा २ हजार ५० जाना विद्यार्थीहरुले दीक्षान्त समाराेहमा सहभागिता जनाएर दीक्षित भएका थिए । कार्यक्रममा कला संकाय , शिक्षाशास्त्र शंकाय, कानुन , व्यवस्थापन , विज्ञान तथा प्रविधि संकाय लगायतका परिक्षामा समेत उत्तीर्ण गरेका दीक्षान्त समारोहकाे ग्रेट लिष्टमा समाविष्ट विद्यार्थीहरुलाई उपाधी प्रदान गरिएको थियाे ।

नवाै दीक्षान्त समाराेह सहकुलपति माननीय शिक्षा , विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पाेखरेलकाे सभापतित्वमा भएको थियाे । समाराेहमा विभिन्न शैक्षिक बर्षहरुमा सर्वाेतम भई स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरु लाई गाेल्ड मेडल प्रदान गरि सम्मान गरिएको थियाे । उपकुलपति प्राडा विजुकुमार थपलियाले स्वागत मन्तव्य व्यक्त गरेको दिक्षान्त समाराेह कार्यक्रमकाे संचालन रजिस्ट्रार प्रमिला थापाले गरेकी थिईन । दीक्षान्त समारोहकाे उद्घघाटनमा प्रधानमन्त्री केपी शर्मा अाेली अाउँने भनिए पनि स्वास्थ्य अवस्था ठिक नभएका कारण उपस्थिति हुन नसकेको जानकारी गराईएकाे थियाे ।

दीक्षान्त समाराेहमा मन्त्री , सभाषद लगायत शिक्षा क्षेत्रका विशिष्ट व्यातित्व , संङ्घ संस्थाका प्रतिनिधी , नगर प्रमुखहरु , सर्वसाधारण लगायतकाे बाक्लो सहभागिता थियाे । वि. स. २०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्व विद्यालयमा हाल ३० हजार भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन । पूर्वाञ्चल विश्व विद्यालयले अाफ्नाे रजत महाेत्सव समेत विगत बर्षमा भव्य रुपमा सम्पन्न गरि सकेकाे छ ।

पूर्वाञ्चल विश्व विद्यालयकाे केन्द्रीय कार्यालय गाेठगाउँमा राखेर विश्व विद्यालयकाे थप विकासका लागि अघि बढ्नु पर्ने अावश्यकता भएकोले यस बारेमा यहाँका स्थानियहरुकाे समेत ठूलाे माग रहेकाे सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले बताए । उनले पियूकाे मुख्य कार्यालय गोठगाउँमा सार्न अति उपयुक्त भएकोले याे विषयमा लामाे समय देखि प्रक्रिया चलिरहेको हुँदा अब ढिलाे गर्न नहुने बताउँदै गोठगाउँमा नै मुख्य कार्यालय सार्न उपयुक्त रहेको पूर्वेली न्युज मार्फत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित