मध्यराती इटहरीमा भिषण आगलागी, ६ कराेड बढीकाे क्षती (३९ तस्विरहरू)

इटहरी । इटहरी । सुनसरीको इटहरीमा मध्यराति भिषण आगलागी हुँदा अनुमानित ६ करोड बढीको क्षति भएको छ । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सूर्य कम्प्लेक्समा आगलागी हुँदा अनुमानित ६ करोड बढिको क्षती भएको हो । शनिबार मध्यराती सूर्य कम्लेक्स स्थित बिग बार रेष्टुरेण्टबाट लागेको आगो ९ वटा दमकलको सहायतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

विराटनगर,दमक,सप्तरी,धरानको २ वटा दुहवी, महेन्द्रगर,सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको हो । ७ महिना यता संचालनमा आएको सो रेष्टुरेण्टमा ५ करोडको लगानी रहेको संचालक किरण कुमार बुढाथोकी बताउँछन् । बुढाथोकीका अनुसार आफु १२ बजे रेष्टुरेन्ट बन्द गरेर घर हिँडेको राती १ बजे मात्र आफुले थाह पाएको बताए ।

उनका अनुसार किचन माथिल्लाे तलामा सुरक्षीत रहेकाे, स्माेकिङ जाेन अलग रहेकाे कारण कसरी आगो लाग्याे अाफु अचम्बित बनेकाे बताए । आगलागीबाट बिग बार रेष्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएकाे छ भने सूर्य कम्लेक्सकाे भवनमा समेत क्षती हुन पुगेकाे छ । साेही भवनकाे पहिलाे तलामा रहेकाे ग्लाेबल आइएमइ बैंकमा सामान्य क्षती भएकाे छ ।

मध्यरातमा इटहरी स्थित सूर्य कम्प्लेक्समा भिषण आगलागी : आगो नियन्त्रण बाहिर (२३ तस्विरहरू)

प्रतिक्रिया

सम्बन्धित