मध्यरातमा इटहरी स्थित सूर्य कम्प्लेक्समा भिषण आगलागी : आगो नियन्त्रण बाहिर (२३ तस्विरहरू)

इटहरी / इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा भिषण आगलागी भएको छ । सूर्य कम्प्लेक्स स्थित हाेटल बिगबारबाट राति १ बजेबाट सुरू भएकाे अागाे नियन्त्रण प्रसाय जारी रहेकाे छ । आगोबाट हाेटल बिगबार पूर्ण रूपमा जलेर नष्ट भएकाे छ भने तल्लाे तलामा रहेकाे ग्लोबल आइएमइ बैंक समेत असुरक्षित रहेकाे छ ।

आगोको मुस्लो देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । चाैथाे तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ । इटहरी, धरान, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । आगलागीको कारणसहितको विस्तृत विवरण आउन बाँकी छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित