राष्ट्रपति सी रात्रिभोजमा (तस्विरहरू)

लामो समयको अन्तरालपछि हिमालपारीको छिमेकबाट आएका राष्ट्रप्रमुख सीलाई नेपालले भव्य स्वागत गरेको छ। सीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको ढोकैमा पुगेर स्वागत गरिन्। सी शनिबार ४ः४५ मा निकै प्रफुल्ल मुद्रामा विमानस्थलमा ओर्लेका थिए। चाइना एअरलाइन्सको विशेष विमानबाट आएका सीलाई स्वागत गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल विमानस्थलमा पुगेका थिए। राष्ट्रपति सीलाई नेपाली सेनाले गार्ड अफ अनर ९२१ तोपको सलामी० दिएको थियो। सीको स्वागतमा विमानस्थलमा संवैधानिक अंगका प्रमुखहरू, मन्त्री, केही सांसद, सुरक्षानिकायका प्रमुख र उच्चअधिकारी सहभागी थिए।

सीको स्वागतलगत्तै त्यहाँ उपस्थित सबैसँग परिचय गराइएको थियो। परिचयलगत्तै राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसँग विमानस्थलमा केही समय एक्लै भेट गरेका थिए। विमानस्थलबाट सिधै सोल्टी होटेल प्रस्थान गरेका सीलाई सडक किनारामा स्वागत गर्ने सर्वसाधारणको लामो लाम थियो।

चिनियाँ राष्ट्रपति सीको सम्मानमा दिएको रात्रिभोजमा नेपाली कुरिलो र क्वाँटी सुप खुवाइएको थियो। त्यसका साथै उनलाई मोमो, बारा र साँदेको भटमाससहितको सलाद पनि राखिएको थियो। साथै उनलाई चिनियाँ र युरोपेली खानाले स्वागत गरिएको थियो। दुई राष्ट्रपतिले टोस्ट गरेपछि खाना सर्भ भएको थियो। उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएको थियो। रात्रिभोजमा सुप, स्टाटार, मेन कोर्ष र डेजर्ट गरी चार तहमा खानाको परिकार राखिएको र अन्तमा इलामको चिया उपलब्ध गराइएको थियो। मेन कोर्षमा भने चिनियाँ र युरोपेली खाना रहेको थियो। चिनियाँ खाना सीको सेफले नै बनाइएको जानकारी दिइएको छ। रात्रिभोजमा भ्रमण दलका चिनियाँ उच्च अधिकारी, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष, प्रमुख प्रतिपक्ष कांग्रेस सभापति, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख, केही पत्रकार र केही व्यवसायी सहभागी थिए।

चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधनपछि एक आपसमा शुभकामना आदानप्रदान गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित