सिन्धुपाल्चोक दुर्घटना : घाइतेको धुलिखेल र बनेपामा उपचार हुँदै ( १० तस्विरहरू)

बनेपा / सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएकाको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ सिपाटारका सूर्यबहादुर तामाङका अनुसार गाडीमा अधिक यात्रु रहेको र अगाडिको पाङ्ग्रामा हावा कम भएको भन्ने कुरा गरेको कारण गाडी रोकिसकेको अवस्थामा चिप्लेर पल्टेको हो । “विस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो”, तामाङले भन्नुभयो, “घाइतेमध्ये कोही दशैँमा घर आएर शहर फर्कने, कोही आफन्तकोमा आएर फर्कने रहेका छन् ।”

प्रतिक्रिया

सम्बन्धित