धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

धरान / भारी बर्षादको बाबजुद पनि नेपालकै चार पीठमध्ये धरानको दन्तकाली पीठमा आज विधिवत रुपमा फूलपाति भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याएको हो ।
नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी दन्तकालीमा भित्र्याएपछि दशै शुरुवात भएको मान्यता छ ।
विहानै दन्तकालीका पूजारी नुहाई दुहाई गरेर यी नौ बस्तु खोज्न गएका थिए । दन्तकालीका पूजारीले नौ पत्र डोलीमा बोकेर ल्याएका थिए । नौ पत्र खोज्ने पूजारीहरुले फूलपाति नभित्र्याउन्जेल कसैलाई छुन र बोल्न नमिल्ने मान्यता रही आएको छ ।

याङ्गशिलाको काली शक्ति गणको मार्च पास गरेका थिए भने र सशस्त्र प्रहरी एक नं. वाहिनी पकलीबाट आएका शशस्त्र प्रहरीको वेण्डबाजा बजाएका थिए । यस्तै पिण्डेश्वर मन्दिरबाट दन्तकालीसम्म पुजारीहरुले शंकध्वनीसहित ढोल, दमहा बजाएर हर्षोल्लासका साथ फूलपाति भित्र्याएका थिए । सो अवसरमा सेनाले फूलपाति भित्र्याउने क्रममा सलामी अर्पण समेत गरेका थिए । विगतमा पनि सेना र शशस्त्र प्रहरीको उपस्थितिमा फुलपाति भित्र्याए पनि यस पटक भने सेनाको उल्लेख्य उपस्थितिका कारण विगतको भन्दा अझ बढी रौनक थपिएको थियो ।

धरान उपमहानगरपालिका वडा नं. १४ का संयोजनमा भएको फुलपातीमा सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय सरकार आएपछि धरानमा सेना, प्रहरीको मार्चपार्ससहत फूलपाति भित्र्याउने शुरुवात गरिएको हो । यस भन्दा अगाडि मन्दिरका पूजारीहरुले मात्र फूलपाति भित्र्याउन प्रचलन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित