राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं भन्दै ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट (७ तस्विरहरू)

चितवन / अभियानता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियानता शाहीमाथि चितवनको चौबिसकोटीमा कुटपिट भएको हाे । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेका थिए तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथाेलेका हुन् ।

कार्यक्रम विथाेलेका विद्यार्थीहरुले चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएका शाहीमाथि कुटपिट गर्दै उनि चढेको गाडीमा समेत तोडफोड गरेको छन् । प्रहरीले शाहीलाई उद्दार गरेको र उनि सुरक्षित रहेकाे बताएकाे छ । घटजनमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा समेत लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित