स्व. हरि बैरागी दाहालको पशुपति आर्यघाटमा भयाे अन्त्येष्टि (२३ तस्विरहरू)

इटहरी / पूर्व सांसद हरि वैरागी दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ । उपचारका क्रममा उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा निधन भएका दाहालकाे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । ६२ वर्षको उमेरमा निधन भएका दाहालले विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रुपमा स्थापित दाहाल ‘ट्राईग्लाईसेराईड’ रोगबाट पीडित भएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए । विसं २०१४ कात्तिक २८ गते मादी राम्बेनी-४, कोपिले (हाल मादी नगरपालिका–५) सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञदत्त दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी अस्मिता, अन्जिता, छोरा आशिष, दाजु-पिताम्वर दाहाल र भाइ तुलसीप्रसाद दाहाल, दिदी बहिनी- २ जना उर्मिला भण्डारी र तारा के.सी. रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित