उदयपुरमा रवि लामिछाने समर्थकहरूको प्रर्दशन ( ११ तस्विरहरू)

उदयपुर / उदयपुरको गाईघाटमा रवि समर्थकले दवावमुलक ¥याली प्रदर्शन गरेको छ । सदरमुकाम गाईघाटमा स्वतन्त्र नागरिक समूहको ओजनामा शनिबार ¥याली प्रदर्शन गरेको हो । गाईघाटको पिपल चोकबाट “सालिकरामका दोषीलाई खोजी गर, निर्दोष रविलाई रिहाई गर, रवि दाई हाई–हाई, भन्दै नाराबाजीको साथ ¥यालिले बजार परिक्रमा गरी मेन चोकमा कोण सभा गरेको थियो ।

न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई सुनियोजित तवरमा फँसाउने प्रयास गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरुले दबाब मूलक र्याली निकालेका हुन् । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अनुसन्धानका लागि पक्राउ गरिएका संचारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानविन हुनु पर्ने माग उनिहरुको माग छ । पत्रकार सालिकराम पुडासैनीको हत्याराको राज्यले खोजी गरी कार्वाही गर्नु पर्ने र निर्दोष रविलाई तत्काल रिहाई गर्नु पर्ने माग राख्दै ¥याली प्रदर्शन गरेको स्वतन्त्र नागरिक समूह गाईघाट, उदयपुरले जनाएको छ ।

जनताको र भष्ट्रचारी विरुद्धको अभियान्ता रविलाई राज्यले तत्काल रिहाई गर्नु पर्ने र पत्रकार पुडासैनीको हत्यारालाई खोजी गरी कार्वाही गर्नु पर्ने मागको साथ दवावमुलक ¥याली प्रदर्शन गरेको थियो ।

दवावमुलक कार्यक्रममा अधिकांश वक्ताहरुले रवि लामिछानेलाई सडयन्त्र तरिकाले फसाईएको बताएका थिए । उनीहरुले पत्रकार सालिकरामले आत्माहत्या गरेको होइन हत्या गरेर रविलाई फसाउन खोजेको बताए । पीडित परिवारले आत्माहत्या नभएर हत्या भएको भन्दै आईरहेको अवस्थामा पत्रकार पुडासैनीको भिडियो एकाएक साउन २९ गते नेपाल आजमा प्रशारण भएको थियो । प्रहरीको नियन्त्रणमा रहेको मोवाइल तथा भिडियो सडयन्त्रपूर्वक संचारमाध्यममा आएको उनीहरुले आरोप लगाए । भिडियो परिवारको साथमा थियो भने पत्रकार सम्मेलन गरेर भिडियो सार्वजनिक गरेको भए सुनमा सुगन्ध हुन्थ्यो, तर एकाएक जनआस्था साप्ताहिकमा सामाचार र नेपाल आजमा भिडियो प्रसारण किन भयो ? सार्वजनिक भएको भिडियोको सत्य तथ्य बारे नेपाल प्रहरी किन मौन ? लगायतका प्रश्नहरु वक्ताहरुले गरेका थिए ।

यसअघि पश्चिम कटारीका नागरिक अगुवाहरुले बृहत बिरोध ¥याली प्रदर्शन गरिसकेका छन् । माउण्टेन टेलिभिजनका पत्रकार सालीकराम पुडासैनी चितवनको कंगारु होटलमा मृत भेटिएपछि भिडियो प्रकरणमा हाल प्रहरी हिरासतभित्र रहेका पत्रकार रबी लामीछानेलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सर्वसाधरण नागरिकहरुले देशव्यापी रुपमा आन्दोलन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित