अचम्मको संयोग, इटहरीमा श्रीमान-श्रीमतीको एकैदिन मृत्यु ( ७ तस्विरहरू )

सुनसरी । सँगै मर्ने र सँगै बाँच्ने बाचा कसम खाएर वैवाहिक जिवनमा बाँधिएका अधिंकाश जोडीको एउटै सपना र बाचा हुन्छ । सँगसँगै मर्न पाउँ अनि सँगसँगै बाँच्न पाँउ । तर यस्तो संयोग बिरलै हुन्छ जो सँगसँगै मृत्युवरण गर्न पाउँछन ।

सुनसरकिो इटहरीमा भने एउटा अचम्मको संयोग मिलेको छ । श्रीमान र श्रीमतीको एकै दिन त्यसमाथि केही घण्टाको अघिपछि मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो ।

उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन । श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गरे । स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा बुधबार दाहसंस्कार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित