डुवानमा प्रदेश १ काे राजधानी, विराटनगर (तस्बिरहरू सहित)

विराटनगर/ तिन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त बनेको छ । निर्माणाधिन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा सहर कुरुप बनेको छ । वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेको छ । सानो वर्षापछि नै जलमग्न हुने विराटनगरमा दुई दिनसम्म परेको वर्षाले आक्रान्त बनाएको छ । चिया पसल, इलेक्ट्रोनिक पसल तथा शैलुन, काठमिल लगायतका स्थानमा पानीको ताल बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित