सुन्दरहरैंचामा विश्व वातावरण दिवसकाे अवसरमा नगर सरसफाइ तथा वृक्षारोपण, तस्विरहरू सहित

माेरङ / माेरङकाे सुन्दरहरैंचा नगर क्षेत्रमा स्वच्छ वायु ,स्वच्छ जीवन भन्ने नाराका साथमा विश्व वातावरण दिवसकाे अवसर पारेर बुधबार नगर सरसफाइ तथा वृक्षारोपणकाे बृहत कार्यक्रम गरिएको छ । नगरकाे विभिन्न स्थान हुदैं खाेर्साने देखि सलकपुर सम्मकाे राजमार्ग साथै बजार सरसफाई र वृक्षारोपण कार्यक्रमकाे अायाेजना चाैबिसे एकता समाज नेपाल सुन्दरहरैंचा १० एवम सु.ह. नगर समितिले गरेको थियाे । सुन्दरहरैंचा नगरपालिकाकाे सहयाेगमा भएको कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङ तथा प्याब्सन माेरङ जिल्ला अध्यक्ष अर्जुन बस्नेत लगायतले संयुक्त रुपमा नगरकाे खाेर्सानेमा वृक्षारोपण तथा सरसफाई कार्यक्रमकाे शुभारम्भ गरेका थिए ।

कार्यक्रममा उपप्रमुख तामाङले विश्व वातावरण दिवसको अवसरमा गरिएको यस प्रकारकाे कार्यक्रम संदेश मुलक तथा सकारात्मक भएकोले यसकाे महत्त्व बुझेर अघि बढ्न जरुरी भएको बताइन । उनले जथाभावी फाेहाेर मैला गर्दा नगर क्षेत्रकाे शाेभा समेत विग्रने र वातावरणमा समेत प्रभाव पर्ने हुंदा कुहिने तथा नकुहिने फाेहाेर मैलाकाे उचित व्यवस्थापन गरेर फाेहाेरबाट माेहाेर समेत बनाउंन सकिने हुंदा वातावरणलाई स्वच्छ सफा बनाएर वृक्षारोपणलाई समेत ध्यान दिन अति अावश्यक भएको जानकारी दिईन ।

एकता तथा सद् भावका साथमा हातहातमा कुचाे बाेकेर नगरकाे वरपर सरसफाइ गर्दै खाेर्सानेचाेक देखि सलकपुर सम्म नगरकाे मुख्य क्षेत्रमा गमलामा बिरुवा समेत राेपेर विश्व वातावरण दिवस मनाइएकाे चाैबिसे एकता समाज नेपाल केन्द्रीय समितिका अध्यक्ष पुर्णप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा नेपाल प्रहरी , स्थानीय तह ,समुदाय ,सामाजिक संस्था ,विद्यालयका प्रतिनिधी लगायतकाे उल्लेख सहयाेग तथा सहकार्यमा वातावरण स्वच्छ राखे स्वच्छ बन्छ हाम्रो समाज भन्ने लगायतकाे प्लेकाड बाेकेर नगर सरसफाइ वृक्षारोपण कार्यक्रममा मुख्य रुपले सबैकाे वृहत सहभागिता रहेकाे सुन्दरहरैंचा १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले बताए ।

विशेष गरेर वातावरणलाई हरियाली बनाउंन सुन्दरताकाे लागि फूलकाे बिरुवा नगरकाे विभिन्न स्थानमा राेपेर अन्य ठाउँमा पनि विभिन्न प्रजातिका वृक्षारोपण गरि सबैलाई सरसफाई गर्न संन्देश दिने सकारात्मक उदेश्यले विद्यालयका प्रतिनिधी र विद्यार्थीहरुका साथमा समेत कार्यक्रमकाे अायाेजना गरिएको प्याब्सन माेरङ जिल्ला अध्यक्ष अर्जुन बस्नेतले बताए । उनले विश्व वातावरण दिवसकाे अवसरमा कार्यक्रमकाे लागि सिद्धार्थ तथा बाल प्रतिभा बाेडिङ स्कुलकाे संयुक्त सहकार्यमा केही मात्रामा गमला तथा फुलका बिरुवा वितरण गरि खाेर्साने -केरावारी सडक खण्ड अन्तर्गत चाेकमा रहेकाे बाटाेलाई दुईभागमा छुट्टाएर सवारी साधन चलाउन सहजका लागि साथै ट्रिफरकाे अातङ्कलाई केही हद सम्म राेक्नकाे लागि समेत बाटाेकाे लहरै गमलामा फुलका बिरुवा राेप्ने काम गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित