सोलुखुम्बुमा खुल्यो नयाँ पदमार्ग ‘पाँच पोखरी-मेरा ट्रेक’ (१३ तस्विरहरू)

काठमान्डाें / प्रदेश नं १ काे सोलुखुम्बुमा नयाँ पदमार्ग खुलेको छ। नयाँ पदमार्ग सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ‘पाँच पोखरी-मेरा ट्रेक’ खुलेको हो। मकालु-बरूण राष्ट्रिय निकुञ्ज भित्र पर्ने बुङ्‍, खिरौले, चलेम, पाँचपोखरी, जुकतुस्को, छेस्काम, गुदेलहुँदै साल्पा सिलिछोसम्म ८ दिनको पदमार्ग हालै एक्सप्लोर भएको महाकुलुङ पर्यटन सूचना केन्द्रका संयोजक विकास कुलुङले जानकारी दिएका छन्।

मेरा पिक आरोहण गर्न जाने पर्यटकहरूका लागि यो पाँचपोखरी पदमार्ग आकर्णको केन्द्र बन्न सक्नेछ । यो पदमार्गमा कुलुङ राई र शेर्पा समुदायको बिभिन्न बस्ती हुँदै तिनका संस्कृति, रहसहन र स्थानीय खानपिनको साथै सगरमाथा, ल्होत्से, मकालु, चामलाङ, मेरा पिकलगायत दर्जनौं हिमालको अवलोकन गर्न सकिनेछ। यो पदमार्गमा थुप्रै झरना, चराचुरुङ्गी, गुफा हेर्न पाइनुका साथै वन्यजन्तुकाे पनि दृष्याअवलाेकन गर्न सकिनेछ ।

नेपाल सरकारले घाेषणा गरेकाे सय उत्कृष्ट गन्तब्यमा पाँच पोखरी पनि परेको थियो। महाकुलुङ गाउँपालिकाको सहयोगमा पदमार्गको ट्रेकिङ म्याप, डकुन्ट्री, पोस्टर र बुकलेट निर्माण भइरहेको कुलुकले जानकारी दिए। यो पदमार्ग सिलिछो पुगेर मुन्दुम ट्रेलहुँदै अरूण भ्याली ट्रेकसँग पनि जोडिन्छ। गत साल एक्स्लोर गरिएको टेम्के, मैयुङ, हाँसपोखरी, सातदोबाटो, साल्पाहुँदै सिलिचुङ पुग्ने पदमार्ग हो मुन्दुम ट्रेल। एक दशक अगाडिसम्म एभरेष्ट ट्रेक जाने अरूण भ्याली ट्रेक निकै प्रचलितमा थियो। यही पदमार्गको प्रयोग गरेर पहिलो सगरमाथा आरोही सर एडमण्ड हिलारीसमेत हिँडेका थिए। हेर्नुहोस् पदमार्गका केही तस्बिरहरू

प्रतिक्रिया

सम्बन्धित