पाँचथर हत्याकान्ड : ९ जनाको विभत्स हत्या पश्चात रुखमा झुण्डिएको अवस्थामा शव फेला (१५ तस्विरहरू)

पाँचथर / मिक्लाजुङ ३ आरुबोटेमा आज राती ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो । धन राज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ ।

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।

९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा युवकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार स्थानीय शव मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था फेला परेको थियाे । हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ रहेको प्रहरीले जनाएको छ । ९ जनाको विभत्स हत्यापछि ज्वाइँ मानबहादुर माखिमले आत्महत्या गरेको आशंका छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित