सुन्दरहरैचा-इटहरी सडक जाम : यात्रीलाई सास्ती र सवारी साधन लामबद्व (१९ तस्विरहरू)

माेरङ / माेरङकाे सुन्दरहरैचा नगरपालिका क्षेत्र अासपास लगायत पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत विभिन्न स्थानमा थप सुधारका लागि हाइवेकाे मुख्य बाटाेमा कालाेपत्रेकाे काम भै रहदा अत्याधिक मात्रमा सडक जाम भएर समस्या भएको छ ।

मुख्य सडक खण्डकाे पिच बाटाेमा दिनकाे व्यस्त समयमा कालेपत्रे हुंदा सडकमा हिड्ने सयाै सवारी साधन लामबद्व रुपमा लामाे सयय सम्म राेकीने गरेकाे कारण यात्रीहरुलाई समस्या परेको तथा दुर्घटनाकाे समेत डर बढेको स्थानीयका साथै सवारी साधनमा यात्रा गर्नेहरु बताउँछ । सडकमा बढेकाे खल्डा खुल्डी तथा कालाेपत्रे सडककाे सुधारका लागि गरिएको बाटाे मर्मतकाे काम लाई उपयुक्त समय मिलाएर अावश्यकताकाे महसुज गरि बढी मात्रामा जनशक्ति तथा ट्राफिक प्रहरी खटाएर सडक जाम नहुने गरि छिटाे छरिताे रुपमा कालाेपत्रे गर्नु पर्ने अावश्यकता भएको समस्यामा परेर सडक जाममा फसेकाहरुकाे भनाइ छ ।

मुख्य सडक खण्डकाे अासपास अन्य बाटाेकाे विकल्प नभएको पुलबाट मात्रै हिडनु पर्ने स्थानमा कालाेपत्रे भै रहदा अझै बढी समस्या भएकाे छ । सडक जामका कारण अति अावश्यक विरामी बाेकेकाे एम्बुलेन्स तथा अागाे निभाउने वरुण यात्रलाई समेत बाटाे हिड्न समस्या परेकाे छ । सुन्दरहरैंचाकाे गछीया खाेलाकाे करिव २ सय मिटर जति लामाे पुलकाे माथि कालेपत्रे भै रहदा ३ किलोमिटर अासपास सम्म सवारी साधान लामबद्व भएर घन्टाै सम्म सडककाे जाममा परी यात्रीहरु अलपत्र अवस्थामा रहेर ठुलाे सास्ती हुनुका साथै समस्या बढेकाे छ ।

त्यस स्थानमा ट्राफिक प्रहरीहरुकाे सङ्ख्यामा कमि भएका कारण भिड र जामलाई कन्टाेल गर्न ट्राफिकलाई समेत ठुलाे समस्य र हम्मेहम्मे परेको छ । यस बारेमा बुझ्दा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख रविकुमार पाैडेलले अावश्यकता अनुसार बुझेर के गर्दा हुुन्छ साेहि अनुसार हेरविचार गरि सडक जामलाई कमि गर्न बढी मात्रामा ट्राफिक प्रहरी खटाएर अाफुले गर्न सक्ने सहयाेग र भुमिकालाई अझै बढाउने पुर्वेली न्युज मार्फत जानकारी दिए ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित