राजधानीको माग गर्दै बिराटनगरमा धरानेहरूकाे प्रर्दशन (तस्विरहरू)

मोरङ । प्रदेश १ को नाम र राजधानीको बिषयलाई लिएर दनदनी आगो बल्न शुरु भएको छ । नेकपाको बैठकले प्रदेशको राजधानी बिराटनगर सहित बृहत बिराटक्षेत्रभित्र तोक्ने सहमति गरेको कुरा सार्बजनिक भएपछि धनकुटा,धरान लगायतका शहरहरुमा आन्दोलन चर्किएको छ ।

सुनसरीको धरानमा प्रदेश १ को स्थायी राजधानीको माग गर्दै धरानवासीले आइतबार प्रदेश नम्बर १ को संसद भवन बिराटनगर घेराउ गर्नुका साथै प्रर्दशन गरिरहेका छन । धरान उपमहानगरपालिका र धरानका विभिन्न राजनीतिक दलहरुले धरानलाई राजधानी वनाउनु पर्ने माग गर्दै सिटठी फुकेर संसद भवन घेराउ गरेका हुन् । धरानका सांसदहरु सहित विभिन्न दलका नेताहरु सोही अभियानमा सहभागी भएका छन । आइतबार बिहान धरानबाट निर्वाचित भई प्रदेश सभामा पुगेका सभामुख प्रदिप भण्डारी, क्षेत्र नम्बर १ ख बाट विजयी भई नेकपाको प्रदेश संयोजक समेत बनेका प्रदेश सभा सदस्य भिम आचार्य, धरान निवासी प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, संसदीय दल नेपाली कांग्रेसका नेता राजीव कोईराला सहित मुख्यमन्त्रीलाई भेटी धरानलाई राजधानी बनाउनुका आधारहरु सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

धरानले यस अघि नै प्रदेश राजधानी बनाउँदा उपयुक्त भौतिक सुविधा सम्पन्न पूर्वाधारको खोजी गरि १८ बुँदे लिखित जवाफ समेत सरकारलाई पठाईसकेको छ । वातावरणीय, भौगोलिक अवस्था र पूर्वाधारको आधारमा सबैभन्दा उत्कृष्ट धरान नै रहेको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको दाबी छ । धरानले स्थायी राजधानी बनाउनका लागि धरान सभागृह भवन सहित त्यसले आगेटेको जमिन र धरान उपमहानगरपालिकाकै नाममा ३० विगाह क्षेत्रफल रहेको जमिन समेत उपलब्ध गराउने जानकारी गराईसकेको छ । यसैगरी लिम्बूवानले पनि सोही माग राखी प्रदर्शन गर्ने तयारी गरेको छ ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित