तस्विरहरूमा जनकपुर हावाहुरी

जनकपुर । आईतबार विहान करिब ३ः२७ बजे आएको विनाशकारी हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । शनिबार राति आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।

हावाहुरीका कारण जनकपुरको पुलचोकमा रहेको घर टहरा, विजुलीको पोल, रुखहरुलाई ढालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार जिल्लाभरी हावाहुरीले के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित