धरान सेउती पुल दुर्घटनाका थप तस्विरहरू (२० तस्विरहरू)

धरान । सुनसरीको धरानबाट इटहरी आउदै गरेको कारले ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा हुँदा कारमा सबार ३ जानकाे घटनास्थलमै मृत्यू भएकाे छ भने ७ जाना घाइते भएका छन् । शुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा ट्याक्टरको चक्कामा ठोक्किँदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेको थियो भने कार उछिट्एिर इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठोक्किन पुगेको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी ४ का अनिल श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन् भने घाइतेहरूमा कार चालक मोरङ सुन्दरहरैचा ४ का गोबिन्द बस्नेत, ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई , धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट रहेका छन् ।

कार चालक गोबिन्द बस्नेतकाे अवस्था गम्भिर रहेकाे छ । बस्नेतकाे अवस्था गम्भिर भएपछी उनलाइ थप उपचारका लागि धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिराटनगर स्थित न्यूराे अस्पताल लगिएकाे छ प्रहरीले जनाएकाे छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित