सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरान / नेपालकै प्राचीन धार्मिक क्षेत्र सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा आयोजना हुन लागेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ०७५ चैत्र २३ गतेदेखि ०७६ वैसाख २४ गते अर्थात एक महिनासमम लाग्ने अर्धमहाकुम्म भव्य, सब्य र नेपाल र भारतका लाखौ करोडौ भक्तजनहरुहरुको सहभागी हुने अपैक्षा राखिएको छ ।

अत्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्या मानिएका सुनसरीको बराहर्थको प्राचीन हरिद्वारा चतराधाममा एक महिने पिण्डेश्वर अर्ध महाकुम्भ मेला लाग्ने भएपछि सम्पूर्ण क्षेत्र उत्साहित भएका छन । चैत्र २२ गते धरानको पिण्डेश्वर बाबा धाम समितिको पंगरणबाट प्रदेश नं. १ का मु्ख्यमन्त्री शेरधन राईको अगुवाईमा हुने कलस यात्रासंगै २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट कुम्भमेलाको समुद्घाटन हुने भएको हो । कुम्भ मेलाले नेपालीबीचको आत्मीयता, नेपालीहरुबीच मा धार्मिक सद्भाव राख्ने प्रथम जगतगुरु अनन्त श्री बालसन्त मोहननशरण देवाचार्यले बताउनुभयो । उहाले देशविदेशबाट कुम्भ मेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व अझ बढेर जाने बताउनुभयो ।

विगतमा भएका कुम्भ मेलामा संघीय सरकारले संयाजनको भूमिका निर्वाह गर्ने भए पनि यस पटको कुम्भ मेलाको संयाजनको भूमिका पदेश सरकारले गर्ने भएको छ । कुम्भ मेला अवधिभर धर्मालम्बीलाई असहज नहोसु् भन्ने अभिप्रायले अस्थायी प्रदेश कार्यालय समेत चतरामा खोलिएका छ । प्रदेश सरकारले ५० लाख समेत सहयोग गरेको छ । मेलालाई भव्यताका साथ सम्पन्न गर्न प्रदेश सरकारले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले बताउनुभयो ।

यो मेलालाई भव्यताका साथ सम्पन्न गर्न स्थानीय सरकार मानिएको बराहक्षेत्र नगरपालिका समेत लागी परेको छ । मेलाका हरेक क्रियाकलापमा बराह क्षेत्र नगरपालिकाले गम्भीरतापूर्वक लागेको बराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताउनुभयो । विगतमा सौचालयको असुविधाका कारण मेलामा आउने भक्तजनहलरुले असुविधा भागेको भन्दै यस पटक भने त्यस्तो समस्या नहुने प्रदेश सरकार तथा स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् ।

मेलाका लागि सरसफाई, पन्डानलको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्ति सुरक्षा तथा विपद जोखिम न्यूनिकरण, निशुल्क स्वास्थ्य सेवाको े सुविधा रहने भएको छ भने मेला अवधिभर मदिरा निषेध गरिएको छ । मेलामा नेपाल अधिराज्यभर तथा भारत समेतबाट दर्शनका लागि आउने भएकाले यसको महत्व अझ बढेर जाने आयोजकको अपेक्षा छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित