ईटहरीको मुक्तिधाम, जहाँको सौन्दर्यले चारधाम भुलाउँछ (४४ तस्विरहरू) (४४ तस्विरहरू)

इटहरी । नेपालकै नमुनाको रुपमा श्रीकृष्ण प्रणामी मन्दिरलाई धार्मीक प्रर्यटनको दृष्टिकोणले बिकास गर्ने योजना सहित करिब १० करोडको लगानीमा मन्दिरको निमार्ण भई रहेको छ । कलात्मक ढंगबाट सज्जिसजाउ गरिएको मनिदरको निमार्ण पश्च्यात इटहरीको धार्मीक पर्यटनमा बिकास हुने अपेक्षा गरिएको छ । ब्रह्मलीन गुरुजी श्री १०८ मंगलदासले स्थापना गरेको श्री कृष्ण प्रणामी मन्दिर केवल प्रणामीको मात्र नभएर सम्पुर्णको भएको कारण यसलाई नेपालकै नमुना मन्दिरको रुपमा बिकास गर्ने योजना सहित सञ्चालन भएको निमार्ण समितिका अध्यक्ष हेम प्रसाद घिमिरे बातए ।

सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाट संगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने देखिन्छ । नेपालकै नमुना घाटको रुपमा इटहरी बुढिगंगा मुक्तिधाटलाई लिन सकिन्छ । दैनिक जसो मुक्तिधाटको अवलोकन गर्न युवायुवतीहरुको भिड लाग्ने गरेको छ । मन्दिरको निमार्णमा करिब १० करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको अध्यक्ष हेम घिमिरेले बताए । सुनसरी भरि रहेका बिभिन्न धार्मीक स्थलको प्रतिक, श्रीकृष्णको लिला सम्पुर्ण श्रीकृष्ण मन्दिरमा देख्न सकिन्छ ।

धार्मीक पर्यटनको बिकासको लागी यहि चैत्र २३ गतेबाट हुने महामति प्राणनाथ प्राकट्य चतुर्थी शताब्दी अन्तराष्ट्रिय महामहोत्सबको तयारी पुरा भएको छ । धार्मीक महत्व बोकेको मुक्तिधामलाई नेपालकै धार्मीक पर्यटकियक स्थलको रपमा बिकास गर्न उक्त महामहाृेत्सबको आयोजना गर्न लागीएको हो । यो महोत्सवमा करिब २० हजार भन्दा बढि धार्मीक पर्यटकको आगमन हुने अपेक्षा गरिएको मुक्तिधामको उदघाटन तथा महामहोत्सवको अवसरमा राष्ट्रपति बिद्यादेवि भण्डारी चैत्र २४ गते इटहरी आउने भएकी छिन् । सात दिन सम्म चल्ने कार्यक्रममा दैनिक २५००० हजार भन्दा बढि भक्तजनहरुको आगमन हुने र दश हजार भन्दा बढिलाई दैनिक आवशका साथै खानाको व्यवस्था रहेको जनाइएकाे छ । यो मन्दिरले इटहरीको मात्र नभएर नेपालको धार्मीक पर्यटनमा बिकास हुने देखिन्छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित