अपडेट : ओखलढुङगामा स्कारपियो दुर्घटना , ७ जनाको मृत्यु २ घाईते ( ९ तस्विरहरू)

ओखलडुङ्गामा / ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका-६ डडुवाखोला स्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । आज दिउँसो पौने १२ बजेको समयमा सोलुबाट काठमान्डौं तर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटो बाट अन्दाजि २०० मिटर तल खस्दा स्कारपियोमा सवार ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७  ओलाङचुङगोला  बस्ने  ५५ बर्षिय मिङ्मा शेर्पा,  सोही स्थान बस्ने  ४५ बर्षिय साङगेल शेर्पा, काठमाण्डौ बौद्ध बस्ने ३५ बर्षिय नुर्बु शेर्पा , बर्ष ३०/३५ को  ङवाङ  शेर्पा, डोमा शेर्पा , बर्ष ३२/३३ की नुमा शेर्पाको घटनास्थलमानै मृत्यू भएको थियो ।

घाईतेहरुमा सोही स्थान बस्ने बर्ष  २५ / ३०को  कृष्ण श्रेष्ठ  (चालक),  काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाकी छोरा बर्ष अन्दाजि ९।१० को  मिङमा शेर्पा र काठमाण्डौ नया बस्ती बस्ने बर्ष ४५।४६ को कुङसिङे शेर्पालाई उपचारको लागि तत्काल आस्था मेडिकल हल घुर्मि उदयपुरमा लगेको थियो ।

घाईते तिनैजनालाई थप उपचारको लागि आज दिउँसो साढे ३ बजेको समयमा सिम्रिक एयरको हेलिकप्टर द्वारा ग्रान्डी अस्पताल काठमान्डौ तर्फ लगिएकोमा उपचारको क्रममा साझँ साढे ४ बजेको समयमा कुङसिङे शेर्पाको  मृत्यु भएको छ भने ६ वटै शवको कानुनि प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित