पूर्व राजा ज्ञानेन्द्र शाहकाे उदयपुर भ्रमणमा जे देखियाे (फाेटाे फिचर)

उदयपुर / धार्मिक भ्रमणको क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह सनिवार गाईघाट आएका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरको दर्शन गर्न पूर्व राजा शाह गाईघाट आएका हुन् । सनिवार दिउँसो ३ बजेतिर आएको प्ूर्व राजा शाह २ घण्टा राधाकृष्ण मन्दिर परिषरमा रहेको बिभिन्न देबी देउताको पुजा अर्चना गरि फर्किका थिए ।

मध्य तराई क्षेत्रहरूको धार्मिक भ्रमणको क्रममा सर्लाही, महोत्तरी, धनुषाको भ्रमण सकि उदयपुर आएका हुन । गत फागुन २९ गतेबाट मध्ये तराईको धार्मिक भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरलाई टुरमुकाम बनाई भ्रमणमा निस्केका थिए । जनकपुरबाट आएका पूर्व राजा शाह राधाकृष्ण मन्दिरको दर्शनपछि पुन जनकपुर फर्किको थियो । धार्मिक भ्रमणको नाममा देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह उदयपुरपछि भोली सप्तरीको सखडा मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको राप्रपा उदयपुरका नेता धुब्र रायमाझिले जानकारी दिए ।

तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्किएका पुर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागतका लागि जलजले, देउरी, बगाहा, मोतिगडा, गाईघाट लगायत स्थानमा गेट र व्यानर टागिएको थियो । पूर्व राजा गाईघाटको मेन चौक देखि सेतो पुलसम्म पैदल यात्राको गरेको थियो । पैदल यात्रा क्रममा स्वागतका लागि लामबद्ध रहेका स्थानीयबासीले राजा आउँ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए । पूर्व राजा शाहलाई यहाँस्थित स्थानीयबासी, राष्ट्रवादी संघसंस्था तथा राजावादी विभिन्न संगठनले भब्य स्वागत गरेको थियो ।

राधाकृष्ण मन्दिर परिषरमा पुजा अर्चना पछि ऊँ शान्तिले पूर्व राजा शाहलाई इश्वरीय सौगात प्रदान गरेको थियो, त्यसैगरी त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र बेल्टार उद्योग वाणिज्य संघले संस्थागत भेटघाट गरेको थियो । संस्थागत भेटघाटपछि पूर्व मन्त्री हरीबहादुर बस्नेत, भरतबहादुर राउत, धुब्र रायमाझिले ब्यक्तिगत भेटघाट गरेको आयोजक धुब्र रायमाझिले जानकारी दिए ।

पूर्व राजा शाहको सुरक्षा ब्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेको थियो । मुलुकमा राजतन्त्र सहितको हिन्दु अधिराज्यको चर्को आवाज उठिरहेको बेला पूर्व राजा शाहको मध्य तराई क्षेत्रहरूमा भई रहेको भ्रमणलाई महोत्वका साथ हेरिएको छ । राधाकृष्ण मन्दिर परिषरमा सञ्चारकर्मिले राखेको प्रश्नमा पूर्व राजा शाहले आफु नितान्त ब्यक्तिगत धार्मिक भ्रमणमा आएकाले नबोल्ने जानकारी दिए ।

 

 

 

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित