विराटचाेककाे सिद्धेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाईयाे (तस्विरहरू)

सुन्दरहरैचा / सुन्दरहरैचाकाे विराटचाेकमा रहेकाे सिद्वेश्वर महादेव मन्दिरमा हिन्दु धर्मावलम्बीको महान् चाड फागुन कृष्ण चतुर्दशीका दिन मनाईने महाशिवरात्री पर्व भव्य रुपमा मनाईदै छ । महाशिवरात्री पर्व लाई भव्य र सभ्य रुपमा मनाउंन बिहानैबाट सयाैकाे संङखामा लामबद्व रुपमा यस स्थानमा भक्तजनकाे भिड लागेकाे छ। शिवलाई बेलपत्र, जल चडाउने, पाठपारायण, भजन किर्तन लगायतका धार्मिक कार्यक्रम गरेर महाशिवरात्री पर्व विसेश महत्त्वका साथमा मनाईएकाे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा भक्तजनको भिडभाड भएकाले सहज रुपमा पुजा गर्नका लागि स्वयम सेवक, सुरक्षाकर्मी परिचालन गरिएकाे छ । नगरकाे १२ वडामा रहेको उक्त सिद्वेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश खड्काको अध्यक्षतामा बसेको बैठले महाशिवरात्री पर्व भव्यरुपमा मनाउने निर्णय समेत गरेको थियाे ।

शिवरात्री पर्वका अवसरमा १२ घण्टे अखण्ड किर्तनका साथै धुनी जगाउने, आरती गर्ने तथा बिभित्र साधुसन्तहरुको उपस्थीति रहकाे छ । यस सिद्धेश्वर महादेव मन्दिर धार्मिक विषयका लागि सुन्दरहरैचा नगरकाे पहिचान तथा गहनाकाे रुपमा परिचित बनेकाे स्थानीयहरु बताउंछन । विशेषरी चन्दन सेता पुष्प, अक्षता र बेलपत्र चढाएर शिवको पूजा गरिन्छ। यो व्रत शिवभक्तका लागि विशेष रहेको धर्मप्रेमीहरु बताउंछन । विधिपूर्वक व्रत गर्नाले सयौँ अश्वमेध यज्ञ गरेको फल पाइने लिङ्गपुराणअन्तर्गत शिवरात्री कथामा उल्लेख गरिएको छ। अज्ञानवश गरेको पूजाले पनि व्याधाले मुक्ति पाएको प्रसंग कथामा वर्णन गरिएको पाहिन्छ ।

पूजाका विभिन्न विधि भए पनि शिवाय नमः वा ओम् नमः शिवाय मन्त्रले मात्रै पूजा गर्दा पनि फल पाइने पुराणमा उल्लेख गरिएको पाहिन्छ । शिवरात्रीकाे दिन शिवलिङ्गपूजाको विशेष महत्त्व छ। त्यसैले यस पर्वमा मुलुककाे पशुपतिनाथ, किरातेश्वर, गोकर्णेश्वर, डोलेश्वरलगायत शिवलिंग रहेका क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने तथा यीमध्ये पनि पशुपतिनाथको महिमा विशेष भएको पण्डित सुर्यप्रसाद दाहालले बताए । मुलुककाे विभिन्न स्थानमा रहेका शिव मन्दिर लगायत सुन्दरहरैचा नगरमा रहेका शिव मन्दिरहरुमा विहानै देखि भक्तजनहरुकाे भुइचाे लागेकाे छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित