सेताम्मे बन्यो भेडेटार (फोटो फिचर)

सुनसरी / फागुन मध्य बितिसक्दा पनि चिसो महसुस भइरहेको छ। नेपालका अधिकांस स्थानहरूमा हिउँ, पानी परेकाे छ भने कतिपय ठाउँमा क्षति पनि पुगेको छ । पूर्वको प्रसिद्ध पर्यटकीय गन्तव्य भेडेटारमा गत बर्ष झै असिनाले हिमपात परेकाे झङल्काे दिएकाे छ । गत बर्ष चैतको पहिलो हप्ता भेडेटारमा १८ वर्षपछि भारी असिना परेको थियाे ।

सडकमा साढे दुई फिटसम्म असिना जम्दा तीन घण्टासम्म यातायात समेत अवरूद्ध भएको थियो। सडकमा जमेको असिना हटाउन डोजरकाे प्रयाेग समेत गर्नु परेकाे होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन । हिमाली क्षेत्रमा पर्ने हिउँ भेडेटारमा भने ठूल्ठूला असिना हिउँझै सेताम्मे देखिने गरेकाे छ । तस्विरः सामाजिक संजाल

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित