ताप्लेजुङ हेलिकप्टर दुर्घटना ( ६ तस्विरहरू)

ताप्लेजुङ । तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाएको निधन भएको छ । AS350 हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिएका छन ।

पर्यटन व्यवसायि शेर्पा मन्त्री अधिकारीसहितको टोली तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको हो । मृतकहरूलाई ताप्लेजुङबाट शिक्षण अस्पताल टिचिङ ल्याइँदै छ । केहीबेरअघि मात्रै दुर्घटनामा परेकाहरूको उद्धार गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित