सुन्दरहरैचा एक्स्पाेमा जे देखियाे (५४ तस्विरहरू)

सुन्दरहरैचा / मोरङ सुन्दरहरैचाकाे गछिया खेल मैदानमा तेस्रो सुन्दरहरैँचा एक्स्पो २०७५ भव्य रुपमा संन्चालन भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार’ भन्ने नाराकासाथ फागुन ४ गते देखि ९ दिन सम्मका लागि सुन्दरदुलारी उवासकाे अायाेजनामा महाेत्सव सन्चालन भएको हाे । ‘तेस्रो सुन्दरहरैँचा एक्स्पो’को सभामुख कृष्णबहादुर महराले हेलिकप्टरबाट भएको स्वागतमय पुष्पगुच्छालाई अवलाेकन गर्दै उद्घाटन गरेका थिए ।

एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजाेड प्रस्तुती साथै विभिन्न समानकाे विक्री वितरण तथा अवलाेकन कर्ता र व्यपारीहरुकाे राम्रो सहभागीताले महाेत्सव थप अाकर्षक र भव्य बनेको अायाेजक समितिका संयाेजक किशाेर कार्कीले जानकारी दिए । एक्स्पो परिसर भित्र केहि दिन देखि प्रवेश निः शुल्क गरीएकाे साथै एक्स्पोको मुख्य आकर्षण रहेको हेलिकप्टर टुरबाट मानिसहरुले स्थानीय ठाउंको अवलोकनका साथै केहीले पाथीभरा माताकाे दर्शन समेत गरेकाे अायाेजक समितिका सचिव जीवन ढुंगानाले बताए । पाथीभरा हेलिटुरको लागि ४० जना भन्दा बढिले टिकट बुकिङ गरिसकेको भए पनि माैसम अनुकुल नभएका कारण सबैलाई सहभागि गराउन नसकेकाे अायाेजकले बताएकाे छ ।

महाेत्सवमा हुम्ला जुम्लाकाे कालाे मार्सी चामल, महिला उघमीहरुको उत्पादन, अचार, चिया, मह घरेलु समान लुगा कपडा विभिन्न खेल समाग्ी लगायतका सामानहरु प्रति अवलोकनकर्ताको चहलपलल र आकर्षण बढेको तथा महाेत्सवमा दैनिक रुपमा भएको संस्कुतिक कार्यक्रमले सबैकाे मन तानेर भव्य रुपमा एक्स्पाे अायाेजना भएको अायाेजक समितीका अार्थिक संयाेजक पुरनकुमार राईले जानकारी दिए ।

एक्स्पोमा राखिएका १ सय ८५ वटा स्टलहरु मध्ये मध्य भागमा रहेको एउटा स्टल अरु व्यापारिक प्रायोजनको लागि राखिएको स्टल भन्दा भिन्न प्रायोजनको लागी राखिएको थियाे । साे स्टल प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टोली मध्ये टोलीका सदस्य रोशा बस्नेत , रोजिता बज्रचार्य र देउराली चाम्लिङले राखेको थिए । उनिहरुले यही वर्षको जेष्ठ ०९ गते सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । करीब ४० दिन लगाएर गरिएको उक्त यात्राको क्रममा खिचिएको तस्विरहरु मध्ये केही तस्विरहरुले हिमाल आरोहण तथा सगरमाथा चढदाका चुनौती र दुःखहरु लाई उजागर गरेको छ ।

आन्तरिक पर्यटनकाे विकास साथै सगरमाथा अाराेहण गर्दाकाे अनुभवकाे कथा व्यथालाई प्रस्तुत गर्ने उद्देश्य साथै हिमाल आरोहण गर्दा अरुबाट भएको सहयोगलाई सचित्र धन्यवाद दिनको निम्ती उक्त स्टल राखिएको थियाे । १३ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका साथै प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टोलिको नेत्रित्व लिएका फुर्वा तेन्जिङ शेर्पा स्वयंमको उपस्थितिले पहिलो दिनमै स्टलमा अवलोकनकर्ताहरुको ध्यान खिचिरहेको थियो । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टोलि मध्ये एक सदस्य रोशा बस्नेत अवलोकनकर्ताहरुलाई तस्विरहरुको बारेमा विविध जानकारी गराएकी थिइन । सोही क्रममा हिमालमा बाटो बिराउंदाको तस्विरको समेत वर्णन गरेकी थिइन । सुन्दरहरैचा नपाको सहयोगमा राखिएको उक्त स्टलमा सगरमाथा अाराेहणकाे फोटो प्रर्दशनीले सगरमाथा आरोहिहरु स्वयं उपस्थिती भई सगरमाथाको आरोहण गर्दाको दु: ख सुखको कुरा सुनाउदै अवलोकन कर्ताहरुलाई सगरमाथा चढ्ने साहसिक काम गर्न उर्जा समेत थपेका थिए ।

एक्स्पाेमा राखीएकाे विभिन्न स्टलहरु मध्ये पाथीभरा स्वतन्त्र महिला सामाज सुन्दरहरैचाकाे स्टलले महिला अवलोकनकर्ताहरुको उल्लेख्य रुपमा ध्यान आकर्षण गर्न सकेको छ । स्टलमा राखिएको महिलाहरुको लता कपडाको बिर्की वितरणले गर्दा तुलानात्मक रुपमा अरु स्टलमा राखिएको सामाग्री भन्दा बढी कारोबार गरेको साथै अहिले सम्म उक्त संस्थाले एक्स्पोमा राम्रो सामान विक्री गर्न सफल भएको समाजकी अध्यक्ष प्रमिला दुलालले जानकारी दिईन । महिलाहरुको सहभागितामा गठन भई सक्रिय रुपमा समाज सेवामा लागेको यस समाजले महिला अधिकार होस अथवा अन्य सामाजिक कार्यमा यस संस्थाको नाम अग्रस्थानमा सुनिन गरेकाे छ । महिलाको लागि विभिन्न प्रकारका साडी कुर्था सलवाल हरुको प्रर्दशन तथा विक्री स्टलमा राखिएको छ । सामान बिक्रीबाट भएको मुनाफा सामाजिक क्षेत्रमा नै खर्च गरिने संस्थाकी अध्यक्ष दुलालले जानकारी दिइन ।

महाेत्सवमा औधोगिक उत्पादनका वस्तुहरु, कृषी उत्पादनका वस्तुहरु , सुचना प्रविधि, वैकल्पिक उर्जा , घरायसी सामाग्री,अटोमोबाइल्स्, बैक तथा वितिय संस्था,लुब्रीकेन्ट्स र पार्टसका सामाग्रीहरुको प्रर्दशन साथै विभिन्न विधालयहरुकाे समेत स्टल रहेकाे अायाेजक समितिका सहसंयाेजक नागेश पाेखरेले बताए । एक्स्पोको मुख्य प्रायोजक पिएलओ लुब्रीकेन्ट्स तथा सह प्रायोजक पाथिभरा कंक्रीट इन्ड्रस्ट्रीज प्रा.लि. रहेको छ भने विशेष सहयोगी सुन्दरहरैचा नगरपालिका रहेको आयोजकले बताएको छ । एक्स्पोमा राजेश पायल राई , रामकृष्ण ढकाल , प्रमोद खरेल , आस्था राउत , सुगम पाेखरेल लगायतका राष्ट्रिय कलाकारहरुले संगीतिक प्रस्तुती मनाेरन्जन मुलक कार्यक्रम प्रस्तुत गरेकाे अायाेजकाे भनाइ छ । स्थानिय क्षेत्रको आर्थिक एवम् औद्योगिक विकासका साथै अावश्यक बस्तुहरुको प्रविधि एवम् बजार प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने उद्धेश्यले अायाेजना गरिएको प्रदर्शनीबाट औद्योगिक उत्पादन, कृषि, पशुपंक्षि एवम् पशुजन्य उत्पादनमा व्यवसायीकरण, सा‌ंस्कृतिक एवम् पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको एक्स्पाेका प्रमुख सल्लाहकार भाेलेश्वर दुलालले जानकारी दिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित