‘भ्यालेन्टाइन–डे’ मा सञ्चारकर्मी पवन र मोडल अभिलाषा रोमान्टिक मुडमा …(हेर्नुहोस् १२ तस्विर)

काठमाडौं – सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ । पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।

विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका पवन र चल्तीकी मोडल अभिलाषाले प्रणय अर्थात भ्यालेन्टाइन मुडमा फोटोसुट गर्दै यस दिनलाई सभ्य र शिष्ट रुपमा मनाउन सन्देश दिएका छन् ।

Paban Bhattarai

विशेषगरी सहरका युवा पुस्ता १४ फ्रेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन–डे’ मा एक–आपसमा माया साटासाट गर्दै मनाउने गर्छन । यसैबीच मोडलद्वय पवन र अभिलासा जोडी पनि भ्यालेनटाईन डेमा प्रेमिल बनेको छ । यद्यपी, उनीहरुको तस्विरमा अश्लिलता भने देखिएको छैन ।

भ्यालेनटाइनको अवसरमा ललितपुरको लाकुरीभन्ज्याङमा पुगेर नवराज श्रेष्ठले प्रेमिल जोडीलाई क्यामेराको फ्रेममा अटाएका छन् । कोरियोग्राफर डिजे सन्दिप क्षेत्रीले जोडीलाई रोमान्टिक मुडमा उतारेका छन् ।

Paban Bhattarai and Abhilasa Sharma

क्याथोलिक र रोमन नागरिकले मनाउँदै आएको ‘भ्यालेन्टाइन–डे’ अर्थात् प्रणय दिवस पछिल्लो समय पूर्वीय सभ्याताको अंगजस्तै भएको छ । नेपालमा यसले गतिलो प्रभाव जमाउँदै गइरहेको छ । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईको चलचित्र कालो बर्ष रिलिज तयारीमा छ भने राजा साहेब छायाकनको तयारीमा छ । भट्टराई भन्छन् ‘भ्यालेन्टाइन–डे’लाई सभ्य र शिष्ट रुपमा मनाउन पर्छ ।

Paban Bhattarai and Abhilasa Sharma
Paban Bhattarai and Abhilasa Sharma
Paban Bhattarai and Abhilasa Sharma

Paban Bhattarai and Abhilasa Sharma

Paban Bhattarai and Abhilasa Sharma

तस्विरहरु सौजन्यः नवराज श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित