यसकारण फरक छ ईटहरीको ‘किन्डर पिलर आइवी लिग किड्स’ (६० तस्विरहरू)

ईटहरी । पछिल्लो समय प्रदेश १ का बिभिन्न शहरहरु लगायत साना बजारहरुमा समेत मन्टेश्वरी स्कुलहरु खोल्ने होडवाजी चलेको छ । अमेरिका लगायत पश्चिमा राष्ट्रहरुमा मन्टेश्वरी शिक्षाको नाममा तीन वर्ष उमेर पुरा गरेका वालवालिकालाई खेल्दै सिकाउने शिक्षाको रुपमा यसको सुरुवात भएको थियो । वालवालिकाहरुलाई पूर्व प्राथमिक विद्यालयमा पठाउने प्रचलन नेपालमा धेरै पछि सुरुवात भएको हो । अभिभावकहरुमा व्यस्तता बढ्न थालेपछि मन्टेश्वरी स्कुलहरु वालवालिका रेखदेख गर्ने उपयुक्त थलोको रुपमा बिकास भएको छ । यसरी खुलेका अधिकांश मन्टेश्वरीहरुले त्यसको आवश्यक पूर्वाधार पुरा गरेका छैनन् । मन्टेश्वरी वास्तवमा पढाउने ठाउँ होइन । बालवालिकालाई रमाएर नयाँ कुरा सिकाउने थलो हो । । वालवालिकालाई कितावी ज्ञान होइन व्यवहारिक ढंगबाट कुनै तनाव नदिई सिकाउने कला मन्टेश्वरीमा प्रयोग गरिन्छ ।

सुनसरीको ईटहरीमा रहेको ‘किन्डर पिलर आइवी किड्स’ विद्यालय यस्तै एउटा बिद्यालय हो जहाँ मन्टेश्वरीको मुल्य र मान्यतामा रहेर सञ्चालन गरिएको छ । हरेक बच्चाहरु आफ्नै पनका हुन्छन् र उनीहरु युनिक हुन्छन् भन्ने मान्यता राखिन्छ । अर्कोले जस्तो ग¥यो वा विगतदेखि उसका अभिभावकले जे गरेका छन् त्यही मात्र सहि हो भन्ने मान्यतामा नभएर बच्चाले बुझेर जे गर्दैछ त्यो सहि हो भन्ने मानेर उसलाई सिकाउने अमेरिकन मान्यता हो । यसमा साना नानीहरु स्कुल जान्छन्, घुम्छन, अक्षरहरु हेरेर, सुनेर वा छामेर चिन्दछन् । शिक्षिकाले त्यसमा सहयोग गरिरहेका हुन्छन् । उनीहरु घुम्दाघुम्दै खेल्न थाल्छन् त्यसमा कुनै रोकावट पैदा गरिदैन, स्वतन्त्र भएर उनीहरु स्कुलमा रमाउँने वातावरण दिइन्छ । तरकारीको वारेमा जानकारी दिनुपर्दा वालवालिकालाई प्रत्यक्ष अनुभूति गराइन्छ जसले उनीहरु सजिलै सिक्छन् । यस्तो अभ्यास अक्सर गरेर कुनैपनि मन्टेश्वरीले गरेको पाइदैन । तर यो बिद्यालयले यी सबै कुरामा अभ्यास गराईरहेको स्कुलकी प्रिन्सिपल श्रृती शर्मा बताउँछिन् ।

सुनसरीको इटहरीमा ३ वर्ष अघि स्थापना भएर संचालनमा आएको ‘किन्डर पिलर इभ लिग किड्स’ मन्टेश्वरी स्कुलले भने अमेरिकन फर्मेटलाई आत्मसाथ गर्दै वालवालिाकालाई सिकाउने काम गर्दै आएको छ । विद्यालयले अहिले प्ले गु्प देखी २ कक्षा सम्म सञ्चालन गर्दै आएको छ । नर्थ वेष्ट युनिभर्सि्टिका प्रोफेसर Ellen booth church ले गर्नुभएको कोर्ष डिजाइनका आधारमा सिकाई गराइने गरिएको शर्मा बताउँछिन् । ‘बालबालिकालाई अन्तर्रा्ष्ट्रिय स्तरको शिक्षा दिलाउने उद्देश्यसहित हामीले प्रयोगात्मक कोर्षलाई प्रयोगमा ल्याएका छौं । प्रिन्सिपल शर्माले भनिन, ‘त्यसमा स्थानीय संस्कृति, परम्परा, पहिचान र नैतिकता विषयहरुलाई हामी विशेष प्राथमिकताका साथ सिकाउँछौं ।’

विद्यालयको खुल्ला वातावरण, टोय पार्क, शान्त र सुन्दर वातावरण, विद्यालयमा खेल्ने र सिक्ने असल वातावरण पाएपछि त्यहाँ जाने हरेक वालवालिकाहरु बिदाको दिन घरमा बिताउनु भन्दा पनि विद्यालयनै जान जोड गर्ने गरेको अभिभावकहरु बताउँछन् । बिदाको दिन पनि विद्यालयले विविध गतिविधि गरेर विद्यार्थीहरुलाई नयाँ नयाँ कुरा सिकाइरहेको हुन्छ । शर्मा भन्छिन् ‘हामी कुन ठाउँमा कस्तो व्यवहार गर्ने, रेष्टुरेन्टमा कसरी खाने, कसरी सत्कार गर्ने, प्रहरीसंग कस्तो व्यवहार गर्ने, वृद्धवृद्धालाई सम्मान गर्न सिकाउने आदि विविध गतिविधिमा वालवालिकाहरुलाई प्रत्यक्ष संलग्न गराउँछन् जस्ले उनीहरुलाई पढाएर हुने ज्ञान भन्दा धेरै व्यवहारिक ज्ञान प्राप्त हुन्छ ।’

विद्यालयले एउटा कक्षामा २० जना भन्दा बढी वालवालिका समावेश गर्दैन भने अहिले चार वटा कक्षा संचालनमा ल्याएको छ । वालवालिकाको सुरक्षा सबै भन्दा महत्वपूर्ण हुने भएकोले त्यसबाट जोगाउन विद्यालयमा सुरक्षाका विविध उपायहरु अपनाएको र वास्तविक मन्टेश्वरीको अभ्यास गरिरहेको शर्मा बताउँछिन् । वालवालिकासंग रमाउन मनपराउने उनी डिपिएस धरान, विराटनगर र अन्य विभिन्न संस्थामा अध्यापन गराएर अनुभवी शिक्षिकाको रुपमा चिनिएकी छन् । विश्वको विभिन्न देशहरुमा शाखा खोल्न सफल यस विद्यालयको नेपालमा मात्र ६ ओटा शाखा छन् । पूर्वको इटहरीमा केही वर्ष अघि शाखा खोलिएकोमा गत वर्षबाट विराटनगरको बरगाछीमा नयाँ शाखा खोलिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित