इटहरीमा फुड फेस्टिवल सुरु, यस्ता छन् फेस्टिवल मुख्य आकर्षण (३५ तस्विरहरू)

इटहरी । पर्यटन प्रवद्धनमा टेवा पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा नौं दिने फुडफेस्टिवल सुरु भएको छ । प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रमका विच जनता मावि को खेल मैदानमा फुडफेस्टिवलको उद्घाटन गरेका हुन । फुडफेस्टिवल उद्घाटनपछि प्रमुख अतिथी मुख्य मन्त्री राईले इटहरीमा सञ्चालनमा आएको फुडफेस्टिवलले पनि प्रदेस नम्वर १ को समृद्धि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

उनले प्रदेस नम्वर १ पर्यटकीय दृष्टिकोणले समेत अव्वल रहेको भन्दै विश्वको सवै भन्दा अग्लो सगरमाथा देखि लिएर होचो कचनाकलन, हिमाल ,पहाड देखि तराई सम्मका भौगोलिक विभिद्यता रहेको वताए । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा समेत धेरै आस्थाका केन्द्रहरु रहेकाले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्ने आफुले अपेक्षा गरेको वताए ।

फेस्टिवल उद्घाटन सत्र अघि हाती सहितको झाँकीले फेस्टिवल सञ्चालन हुने स्थल पुगेको थियो । फेस्टिवलमा स्थानिय, जातिय, परम्परागत र आधुनिक समयका लोकप्रिय परिकारहरु समेत राखिएका छन । फेस्टिवलको आकर्षणका रुपमा हेलिकप्टर टुर , कोशी टप्पु वन्यजन्तु आरक्षका दुई हाती ,लालिगुँरास र अर्नाको प्रतिमा वालउद्यान समेत रहेका छन । फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिवलमा जातिय पहिचानका परिकार साथै विदेशी परिकारहरुको स्वाद लिन सकिने व्यवस्था मिलाएको आयोजक होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुली जानकारी दिए । उद्घाटन सत्रमा प्रदेस नम्वर १ को प्रदेस सभाका सदस्यद्धय सर्वध्वज साँवा,लिलम वस्नेत इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरी, होटल व्यवसायी महासंघ प्रदेस नम्वर १का संयोजक मणिन्द्र कटुवाल लगायतले वोलेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित