तस्विरहरूमा दमक भूटानी शिविरमा आगलागी ( ७ तस्विरहरू)

दमक / झापाको दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आज अपराह्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् । अपराह्न ५ बजेतिर आगलागी हुँदा शिविरका सात वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य पाँच वटा घर आगो निभाउने क्रममा भत्काइएको थियो ।

आगो बेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नं १०२ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको भन्ने खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणका क्रममा रहेकाले क्षतिको पूर्ण विवरण आई नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित