प्राकृतिक सुन्दरता सँगै ‘रास ताल’ मा जातिय बिबिधता (४८ तस्विरहरू)

सुनसरी । सुनसरीको रामधुनी–७ बक्लौरीको राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क (रास ताल) यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । सो क्षेत्रमा दैनिक बनभोज र त्यस क्षेत्रको सुन्तरता नियाल्न धेरै मानिसहरुको आजातजावत समेत हुन थालेको छ ।

ईटहरी उपमहानगरपालिकास्थित तरहरा बजारदेखि पश्चिम लागेपछि पुगिने रास ताल २०७१ यतादेखि पर्यटकीय गन्तव्यको नमुना परिचित बन्दै गएको छ । २०७१ सालदेखि स्थानीय बासिन्दाहरुको पहलमा यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन जुटेसँगै यो क्षेत्र छोटो अबधिमै महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा बिस्तार भईसकेको छ । सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको रास ताललाई राष्ट्रिय सम्मानित किरात लिपी प्रवद्र्धक इमानसिंह चेम्जोङसँग जोडेर स्थानीयबासीहरु पर्यटकीय नमुना क्षेत्र बनाउन कम्मर कसेर लागेका छन ।

स्थानीय शशी राईले यो क्षेत्र पर्यटनका लागी उपयुत्त भएको ठहर गरी परिकल्पना गरेका हुन् । उनी रास ताल निर्माण समितिका उपाध्यक्षसमेत रहेका छन् । आर्कषक तालको चारैतिर बाँध,जहाँ डुंगाको समेत व्यवस्था गरिएको छ । आर्थिक उपार्जनको केन्द्र बन्दै गएको तालमा माछा पालनसमेत गर्न थालिएको छ । जसबाट थप आम्दानी समेत हुने समितिका पदाधिकारी बताउँछन । स्थानीयहरुले स्थानीय स्तरबाटै रेटो पिङ निर्माण गरेका छन् । ६१ ह्ेक्टर क्षेत्रमध्ये करिव १० हेक्टर ताल क्षेत्र छ । अन्य क्षेत्र जंगलले ढोकेको छ । ताल क्षेत्रमा लाटी खोला बग्छ । जसले गर्दा तालमा पानी एकनासको भइरहन्छ ।

२ हेक्टर क्षेत्रफलमा धार्मिक क्षेत्रको रुपमा परिणत गरेका छन् । मंसिर पूर्णिमाको दिन त्यहाँ दुलर्भ जातजातिका नृत्यहरु समेत नचाउने गरिएको छ । राउटे, कोचे, मेचेदेखि लिएर विभिन्न आदिवासी जनजातिका नृत्यहरु प्रदर्शन गर्ने थलोको रुपमा समेत यो विकास भईरहेको छ । सो क्षेत्रको प्रचार प्रसारमा अझै ध्यान दिन सके यो क्षेत्रमा थप पर्यटकहरु भित्रयाएर यस्को थप प्रर्बद्धन गर्न सकिने सम्भावना समेत उत्तिकै छ ।

प्रतिक्रिया

सम्बन्धित