काेशीमा भैंसी सुन्दरी प्रतियोगिता (१० तस्विरहरू)

इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा बीपी स्मृति कृषि मेला तथा गाई र भैंसी सुन्दरी प्रतियोगिता सुरु भएको छ । कोशी गाउँपालीकाको कार्यालय लौकहीद्वारा आयोजित गाई र भैंसी सुन्दरी तथा कुस्ती प्रतियोगिता १३ गतेसम्म चल्नेछ ।

बीपी स्मृति कृषि मेला नाम दिएको प्रतियोगितामा गाउँपालीका क्षेत्रबाट किसानहरुले ल्याएको गाई र भैंसी मध्ये प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार तथा सम्मान गरिने कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले बताएका छन् । यसैबीच प्रतियोगिता उद्घाटन समारोहमा किसानहरुले ल्याएको ९० जना मध्ये कोशी गाउँपालीका ३ कुसाहाका विन्देश्वर ईशरका भैंसी प्रथम भएको छ ।

त्यसैगरी वार्ड नम्बर ३ कै बालेश्वर प्रसैलाको भैंसी दोस्रो र वार्ड नम्बर ४ का रामरत्न यादवको भैंसी तेस्रो भएको कोशी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वासले बताएका छन् । विश्वासका अनुसार भैंसी सुन्दरी प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, त्यसैगरी दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुने भैंसी धनीले नगद १० हजार सहित सम्मान पत्र पाउनेछन ।

त्यसैगरी प्रतियोगितामा सहभागी सम्पूर्ण भैंसी धनी लाई सान्त्वना स्वरूप १/१ हजार रुपैयाँको व्यवस्था गरिएको छ । यसैगरी शनिबार गाई सुन्दरी प्रतियोगिता हुने कार्यक्रम रहेको छ । बिहान १० बजे देखि १२ सम्म गाई दर्ता गराउन कोशी गाउँपालीका भित्रका किसानहरु लाई आयोजकले आग्रह गरेको छ ।

गाई र भैंसी प्रतियोगितामा उत्कृष्ट हुने सबैलाई प्रतियोगिता समापनको दिन पुरस्कार वितरण गरिनेछ । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुव अन्सारीले किसानको सम्मानको लागि गाई र भैंसी सुन्दरी प्रतियोगिता आयोजना गरिएको बताएका छन् । अध्यक्ष अन्सारीले गाई र भैंसी सुन्दरी प्रतियोगिताको साथै लोप हुँदै गएको कुस्ती प्रतियोगिता आयोजना गरिएको बताए ।

यसैबीच भैंसी सुन्दरी प्रतियोगितामा प्रथम हुने भैंसी धनीले पुरस्कार स्वरूप भैंसी नै पाउने भएको छ । कोशी गाउँपालीका ३ कुसाहाका विन्देश्वर ईशर लाई पुरस्कार स्वरुप एउटा भैंसी दिने इनरुवा नगरपालिका प्रमुख राजन मेहताले बताएका छन् । आफूले चुनावमा भोट माग्दा भैंसी सुन्दरी प्रतियोगिता गर्छु भनेको थिए मेयर मेहताले भने तर पछि कार्यपालिकामा हाम्रो बहुमत आएन, विपक्षीले गर्न दिएन उनले भने । त्यसैले त्यो भैंसी किसानको उच्च समान गर्दै कोशी गाउँपालीकाले आयोजना गरेको भैंसी सुन्दरी प्रतियोगिताको प्रथम हुने किसान लाई दिने निर्णय गरेको इनरुवा नगर प्रमुख मेहता भनाइ छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित