हिउँले सजिएको ताप्लेजुङ (२७ तस्विरहरू)

ताप्लेजुङ / बुधबार दिउँसो सामान्य वर्षा संगै हिउँ झरे पछि ताप्लेजुङका उच्च हिमाली क्षेत्र सेताम्मे बने । बुधबार दिनभरजसो वर्षा संगै हिउँ परे पनि बिहिबार विहानै देखि मौषम खुलेकाले सेताम्मे बनेका वरीपरीका हिमाल सदरमुकामबाटै स्थानीयले राम्रो संग अवलोकन गर्न पाए । कतिपय भने हिउँ खेल्न सदरमुकामबाट नजिकै पर्ने सुकेटार भन्दा माथीका विभिन्न क्षेत्रमा निस्किए । कोहि विहानै मोटर साईकलमा त कोही साना गाडी रिजर्भ गरेर सुकेटार हुँदै पाथीभरा क्षेत्र सम्म पुगे । पाथीभरा मन्दिर लगायत आसपासका क्षेत्र हिउँले पुरै ढाएिका थिए । हिउँले ढाकिएका क्षेत्रमा पुग्दा स्वर्गकै अनुभुति भएको भन्दै पर्यटकहरु हिँडडुल गरिरहेका थिए । नभन्दै हिउँ परे पछि ताप्लेजुङ निकै सझिएको देखिन्छ ।

पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, माथिल्लो फेदी, पाथीभरा मन्दिर सम्म हिउँ खेल्नका लागि आन्तरिक पर्यटकहरुको निकै चहलपहल थियो । हिउँ पर्ना साथ हिउँ खेल्नका लागि पाथीभरा क्षेत्र निकै सहज छ । सो क्षेत्र सम्म यातायातको पहुँच भएकाले पनि हिउँमा रमाउने र हिउँ खेल्नेहरुका लागि सहज बनेको हो ।

पाथीभरा क्षेत्रबाट नै यहाँका उच्च हिमाली क्षेत्रलाई अबलोकन गर्न पाईने भएकाले पनि यो क्षेत्र सबैको रोजाईमा पर्छ । यो पटक सहित ताप्लेजुङमा तीन पटक हिमपात भएको छ । यस अघि सुकेटार सम्म नै हिउँ परेको थियो । तर यो पटक भने करिब २५ सय मिटर माथी मात्र हिउँ झ¥यो । हिमपातले भने किसानलाई केहि राहत पनि पुगेको छ । तर हिमपात संगै चिसो बढे पछि भने यहाँका उच्च क्षेत्रका बासिन्दालाई भने समस्या हुने गरेको छ । ताप्लेजुङमा निकै वर्ष पछि यो पटक तल्लो क्षेत्र सम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

 

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित