तालतलैयामा युवायुवतीको क्रेज, बनभोज र मस्ति (५० तस्विरहरू)

इटहरी । सुनसरीको इटहरीस्थित प्रदेश १ कै उत्कृष्ट पर्यटकिय स्थल मध्येको एक तालतलैयामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचो लाग्न थालेको छ ।  बिगतका बर्षहरुमा भन्दा यस बर्ष पर्यटकहरु बढेको तालतलैया बिकास तथा संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बु बताउँछन ।चिल्ड्रेन पार्क ,फनपार्क लगायत भौतिक पुर्वाधार निर्माण भएपछि सो क्षेत्रमा पर्यटकहरु बढेको उनको बुझाई छ । एकै दिन १ सय ७० ग्रुप सम्म बनभोजका लागि आएको उनले बताए । बनभोजका लागि प्रदेश एकका १४ जिल्ला सहित प्रदेश २ बाट समेत उल्लेख्य रुपमा पर्यटकहरु आएको उनी बताउँछन ।

तालतलैया क्षेत्रमा रहेका पोखरी, मोटरबोट, बिभिन्न आकर्षक ढुंगामा कुदिँएका मुर्तिहरु, चिल्ड्रेन पार्क, फनपार्क लगायत प्राकृतिक सौन्र्दयतामा डुबुल्की मार्न आउने हरु सो क्षेत्रमा दिनप्रतिदिन बढिरहेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित