सौराहको जंगलमा दुई घण्टा जनावर सँग ( ४२ तस्विरहरू )

चितवन । चितवनको सौराहा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी महत्वपुर्ण गनतब्य,जहाँ पुग्नेहरुका लागी जंगल सफारी र हात्ति सबैभन्दा महत्वपुर्ण र आकर्षक पक्ष हो । चितवनको टाँडीबाट करिब ७ किलोमिटर पुर्ब गएपछि सौराह पुग्न सकिन्छ । त्याहाँबाट हात्ति चढेर वा सफारी मार्फत चितवन राष्ट्रिय निकुञ्जको यात्रा गर्न सकिन्छ । जंगल यात्रामा देखिने वा भेटिने हात्ति,अर्ना,बिभिन्न प्रजातिका चरा,मृग,बाघ लगायतका जनावरहरु प्रत्यक्ष हेर्नका लागी सो यात्रा सबैभन्दा महत्वपुर्ण रहेछ ।

सफारीमा करिब २ देखि अढाई घण्टा र हात्तिमा करिब ४ घण्टा जंगलको यात्रामा सँगै रहेका गाईड मार्फत निकुञ्ज र जनावरका बारेमा जानकारी पाएपछि यात्रा थप सहज बन्ने गरेको छ । राप्ती किनारामा भेटिने दर्जनौ प्रजातिका चराहरुले थप रौनकता थप्ने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित