मध्यरातमा पोखराको लेकसाईडमा नयाँ बर्षको उत्साह ( २३ तस्विरहरु)

पोखरा । नयाँ बर्ष सन २०१९ को स्वागतका लागी पोखराको लेकसाईडमा भेला भएका हजारौ युवायुवतीहरुले मध्यरातमा नयाँ बर्षको शुभकामना आदनप्रदान सहित नयाँ बर्षलाई भब्य स्वागत गरेका छन । आतासबाजी सहित पोखराको लेकसाईड चौकमा युवायुवतीहरुले नयाँ बर्षको भब्य स्वागत गरेका हुन । नयाँ बर्षको अघिल्लो रात मंगलबार दिउँसो देखि नै ब्यस्त बनेको पोखराको लेकसाईडमा भिड नियन्त्रणका लागी प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । लेखनाथमा जारी लेखनाथ महोत्सब र पोखरामा जारी सडक उत्सबका कारण सो क्षेत्रमा रातभर भिड अनियन्त्रित देखिन्थ्यो ।

आन्तरिक र बाह्य लाखौ पर्यटकहरुको भिडका कारण पोखरामा पर्यटकहरुलाई होटल नपाउँदा समस्या भएको थियो । बिगतका बर्षभन्दा यसबर्ष पोखरामा पर्यटक दोब्बर बृद्धि भएको स्थानीय ब्यबसायीहरु बताउँछन । अन्य समयमा १ हजार देखि १५ सय रुपैयामा पाउने कोठा नयाँ बर्षमा ५ हजार सम्म लिएको पर्यटकहरुको गुनासो रहेको छ ।

]

प्रतिक्रिया

सम्बन्धित