निःशुल्क स्वास्थ्य सिविर सम्पन्न (तस्विरहरू सहित)

धनकुटा / नागरिक सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ धनकुटा जिल्लामा तैनाथ बरख गणले निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेकाे छ । जिल्ला अस्पताल धनकुटा, हाम्रो अस्पताल बिराटनगर र नं.२ फि.ए. गुल्मको सहितको प्राविधिक सहयोगमा स्वास्थ्यको पहुंचबाट बाहिर रहेका स्थानियहरुको पहिचान गरि पौष ४ गते जिल्लाको चौबिसे गाँउपालिका ६ राजारानी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको हाे । स्वास्थ्य सिविरबाट बिभिन्न रोगका २ सय ४३ महिला तथा १ सय २७ पुरुष गरि जम्मा ३ सय ६१ जनाले प्रतक्क्ष लाभ लिएकाे बरख गणले जनाएकाे छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित