आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

कोशी ब्यारेज,  सुनसरी । पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत सुनसरीमा पर्ने कोशी ब्यारेज माछा पारखीहरुका लागी महत्वपुर्ण गनतब्य बन्दै गएको छ । सुनसरी र सप्तरीलाई जोखने कोशी ब्यारेजको मुखैमा सुनसरीतर्फ पर्ने ब्यारेज क्षेत्रमा दैनिक माछा पारखीहरुको भिड नै लाग्ने गरेको छ । कोशी नदीका शुद्ध र ताजा माछा पाईने सो स्थानमा गर्मी महिनामा भन्दा जाडो महिनामा झनै भिड लाग्ने गरेको छ ।

ब्यारेज आसपासका क्षेत्रमा यतिबेला ३ दर्जनबढी होटलहरु सञ्चालित रहेका छन । प्रायजसो सबै पसलमा माछाका बिभिन्न परिकारहरु पाईन्छ । एकवटा पसलले दैनिक रुपमा १० हजार बढीको माछा मात्र बिक्रि गर्ने गरेको होटल सञ्चालकहरु बताउँछन । पछिल्लो समय सो क्षेत्रमा बनभोज खान र कोशी सहित आसपासका क्षेत्रको दृश्यावलोकन गर्न समेत दैनिक हजारौ मानिसहरु सो क्षेत्रमा पुग्ने गरेका छन ।

राजमार्गको सुगमता सँगै सो क्षेत्र यतिबेला माछाको लागी महत्वपुर्ण हवकै रुपमा बिकास भएको छ । कोशीका माछा शुद्ध र ताजा भएकै कारण यहाँ माछा किन्न बिभिन्न क्षेत्रहरुबाट मानिसहरु आउने गरेको बर्षौदेखि माछाको ब्यापार गर्दै आएका ४५ बर्षीय पप्पु चौधरी बताउँछन । उनी सप्तरीको हनुमानगरबाट दैनिक रुपमा माछाको ब्यापार गर्न त्याँहा आग्ने गरेका रहेछन । उनी दैनिक ५० देखि १०० केजी सम्म माछा बिक्रि गर्ने बताउँछन । कोशीमा ८ देखि १० प्रजातिका माछाहरु पाउने गरेको उनले बताए । सो क्षेत्रमा ब्यापारीहरुले कछुवा समेत बिक्रि गर्दै आएका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित