निष्ठुरी दैव, झापामा एकै परिवारका चार जनाको जलेर मृत्यु ( ११ तस्विरहरू)

झापा । जीवनमा अनगिन्ति सपनाका पहाडहरु छिचोल्न बाँकी नै थियो,राम्रो घर बनाउने अनि छोराछोरीलाई राम्रो बिद्यालयमा पढाउने र ठुलो मान्छे बनाउने सपना हरेक अभिभावकले देख्छन नै, झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडाका ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनालको यहि सपना थियो । छोराछोरी सानै थिए । उनीहरुको पालनपोषणका लागी उनीहरु हरदिन मेहनत गरिरहेक थिए । तर उनीहरुको सपनामा अचानक बज्रपात पर्यो । आगोको एकै लप्काले २ साना लालाबाला सहित उनीहरुको सपना समेत क्षणभरमै धुँवासरी बन्यो । अचानक राति ९ बजे घरमा लागेको आगोले जलेर खनाल दम्पत्ति सहित चार वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक छोरा टीकाराम खनालको मृत्यु भयो ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल समेत सख्त घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्याँसको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । घटनाको बारेमा बिस्तृत जानकारी अझै आएको छैन ।

काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो। । विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ । घटनापछि सो गाँउ यतिबेला शोकमग्न भएको छ । कलिला लालाबालासहित सिंगो परिवार नै खरानी भएको घटनाले सिंगो गाँउ नै रुवाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित