नेपाली सेनाको दुइदिने सैन्य प्रदर्शन तथा खेलकुद प्रतियोगिता सम्पन्न (तस्विरहरू सहित)

इटहरी / इटहरी स्थित पूर्वी पृतना हेड क्वाटरले आयोजना गरेको “प्रथम पृतनापति दुइदिने सैन्य प्रदर्शन तथा खेलकुद  कार्यक्रम सम्पन्न भएकाे छ । मंसिर ८ र ९ गते  संचालन भएकाे  उक्त कार्यक्र श्री समीर शाहीले समुद्घाटन गर्नुभएको भएकाे थियाे । कार्यक्रममा सैनिक व्याण्ड डिस्प्ले, आई.कि.डो. कला पदर्शनी, तेक्वान्दो पदर्शनी का साथै हाफ म्याराथोन, महिला तथा पुरुषहरुको लागि छुट्टाछुट्टै १० किलो मिटर दौड, १३ देखी १६ बर्षका बालबालिकाहरुको लागि छुट्टाछुट्टै ५ किलोमिटर दौड, खुल्ला साइक्लि¨ तथा वाकाथोन प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत हाफ म्याराथोन तर्फ नेपाली सेना (नयां श्रीनाथ गण) का सिपाही जितेन्द्र दनुवार, नेपाली सेनाकै (शेर गण) सिपाही गजेन्द्र राई र दमक रन क्लवका या¨देव राई क्रमशः प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए् । त्यसैगरी १० कि.मि. दौडको महिला तर्फ सुनसरीकी निकी लिम्बु प्रथम, झापाकी चन्द्रकला भुजेल द्धितिय र सुनसरीकी यशोधा चौधरी तृतिय, तथा सोही ईभेन्टको पुरुष तर्पm मोर¨का बिनोस लिम्बु प्रथम, पांचथरका हर्क बहादुर लुहावुण द्धितिय र पांचथरकै बालान्द लिम्बु तृतिय भएका थिए ।

५ कि.मि.दौड छात्रा तर्फ श्री जनता मा.वि.सुनसरीकी भिमा लिम्बु प्रथम, हाम्रो ई¨लिस बोर्डि¨ स्कुलकी सविता श्रेष्ठ द्धितिय र मोडर्न पब्लिक स्कुलकी सर्मिला उराउ तृतिय भएका थिए भने छात्र तर्फ चिल्ड्रेन्स एकेडेमीका किरण लिम्बु प्रथम, हिमाली स्कुलका नविन गुरु¨ द्धितिय र हिमालय सेकेण्डरी स्कुलका भुषण ठाकुर तृतिय भएका थिए साथैे खुल्ला साईक्लि¨ तर्फ ललितपुरका ओकेशराज बज्राचार्य प्रथम, सुनसरीका अभिषेक राई द्धितिय र सुनसरीकै दिपक जिमि मगर तृतिय हुन सफल भएका थिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुन सफल खेलाडीहरुलाई पृतनापति उपरथी श्री समीर शाही लगायत ईटहरी उपमहानगरपालिकाका मेयर, कार्यक्रम सञ्चालक समितिका पदाधिकारीहरु, सल्लाहकार, नेपाली सेना, नेपाल प्रहरी, सुरक्षा निकायका प्रमुखहरुका साथै पूर्व अन्र्तराष्ट्रिय खेलाडीहरुले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रतियोगीहरु, विभिन्न सुरक्षा निकायका व्यक्तिहरु, शिक्षक, उद्योगपति, व्यापारी, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरुकोे सहभागीता रहेको थियो ।

साथै, सोही कार्यक्रम अन्तर्गत मंसिर ०८ गते प्रदेश नं. १ मा रहेका बिभिन्न विद्यालयका विद्यार्थीहरु र राष्ट्रिय सेवादल का शिक्षार्थी समेत गरि ६०० जनाले नेपाली सेना सम्बन्धि विविध प्रदर्शनीको अवलोकन गरेका थिए । उक्त प्रदर्शनी अवलोकनमा मंसिर ९ गते प्रदेश नं. १ का बिभिन्न जिल्लाबाट बिद्यालय, संघ÷सस्थाबाट गरी ३००० भन्दा बढि सहभागि हरुले अवलोकन गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित