तस्विरहरूमा धनकुटा एभोकाडो महोत्सव ( १५ तस्विरहरू)

धनकुटा / एभोकाडोको राजधानी धनकुटामा एसियाकै पहिलो दावी गरिएकाे एभोकाडो महोत्सव सम्पन्न भएकाे छ । धनकुटा नगरपालिकाको आयोजनामा अाज मंसिर ८ गते एकदिने एभोकाडो महोत्सव सम्पन्न भएकाे हो। मेयर कृषि कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरि एभोकाडो खेती मार्फत कृषि पर्यटनलाई टेवा पुर्याउन महोत्सव आयोजना गरिएको उक्त महोत्सवमा एभोकाडोको प्रतिमा समेत अनावरण गरिएकाे छ ।

धनकुटा–६ परिचय मोडमा करिब ३० लाख रुपैयाँको लागतमा निर्माण भएको पार्कसहित एभोकाडोको प्रतिमा अनावरण गरिएकाे हाे। धनकुटा नगरक्षेत्रमा एभोकाडो खेती गर्ने एक हजार नौ सय ६२ घरधुरीले रोपेको एभोकाडोको बोटले अहिले उत्पादन दिइरहेको र नगरक्षेत्रका ३५ सय घरधुरीले अहिले एभोकाडोको बिरुवा लगाएका धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले बताए। महोत्सवमा एभोकाडोका २० वटा स्टल रहेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित