धरान, इटहरी दुर्गा पुजा एवं फूलपाती बढाइँ (१७ तस्विरहरू)

सुनसरी / बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइयो । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत घर भर सगै शक्ति पिठहरुमा विधि पुर्वक भित्र्याइएको छ ।

पुर्वको एक मात्र शक्ति पिठको रुपमा रहेको धरान स्थित दन्तकाली मन्दिरमा पनि आज विधि पुर्वक फुलपाति भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर नजिक वाट मन्दिरका पुजारीसहित छ जनाले फूलपाती वियपुरमै रहेको दन्तकाली मन्दिरमा फुलपाति भित्र्याएका हुन् । शति देवीको दात पतन भएको धार्मिक मान्यता रहेको धरान स्थित रुद्राक्षरण्य क्षेत्रमा रहेको दन्तकाली मन्दिर मा सदियौकाल देखी फुलपाति भित्र्याउने प्रलचन रहिआएको छ ।

पिण्डेश्वर मन्दिर नजिक वाट पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई भित्र्याइको हो । मन्दिरमा वोकाको वलि सहित फुतपाती भित्र्याइएको थियो । दन्तकाली मन्दिरमा नवरात्रमा नाम अनुसार देवी को पुजा आरधान तथा वलि दिइने गरेको छ भने नवरात्र सुरु भए सगै वन्द हुने मुख्य मन्दिरको मुल ढोका दशमीको दिन मात्र खोल्ने प्रचलन रहेको छ । दन्तकाली मन्दिरमा नवरात्र सुरु भए सगै मन्दिर दर्शन र घुम्न जानेहरुको घुइचो लाग्ने गरेको छ ।

त्यस्तै सुनसरीको इटहरीमा सामुहिक दुर्गा पुजा स्थलमा धुमधामका साथ फूलपाती बढाइँ गरिएको छ । इटहरीमा विगत दुई दशक देखि सामुहिक दुर्गा पुजा गरिदै आएको छ । सामुहिक रुपमा पुजा गर्न वनाइएको पुजा स्थलमा हरेक वर्ष विधिवत रुपमा वडादशैको सप्तमीका दिन फूलपाती बढाइँ गर्ने  गरीन्छ । सामुहिक रुपमा वनाइएको दशैघरमा सत्र्सग भवनवाट फुलपाती सहित हर्ष वढाईका साथ पुजारी, नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी, स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा , पञ्चेवाजा , लगायतका नाचगान सहितको टोली दुर्गा पुजा स्थल पुगेर फुलपाती वडाई गरिदै आइएको छ । फुलपाती वडाइका अवसरमा नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी चढाएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित