दशैमा पुर्वको बिभिन्न ठाउमा जावलाखेल ग्रुपको लिङ्गेपिङ (तस्विरहरू सहित)

धरान / नेपालीहरुको महान चाड दशैँको अवसर पारी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरीको नमस्ते बियर र बिजय डीस्टिलरीको रुस्लान भोड्काको प्रवधर्न संगसंगै दशैँमा परापूर्वकालदेखि खेलेर रमाइलो गरिने लिङ्गेपिङ पूर्वको विभिन्न २५ वटा सार्वजनिक स्थलमा निर्माण गरेको छ ।

धरानको जिरो पोइन्ट ,विजयपुर , अमरहाट , जनपथ , सदनरोड ,नारायण चोक ,महादेव बस्तीर सांगपांग चोक ,भेडेटारको चोक र नाम्जे चोक , इटहरीको तरहरा ,संगीत चोक . मधेशा र पंचमुखी , उर्लाबारी , पथरी , विराटनगरको तीनपैनी ,रंगेली ,कन्चंनबारी , मिल्सएरिया ,दरिया र पंचामुखी चोक लगायतको बिभिन्न ठाउमा आकर्षक लिंगेपिंग निर्माण गरिएको छ ।

मंगलबार फूलपातीको अवासर पारी इटहरीमा होटल असोसिएसन इटहरीको अध्यक्ष्य जीवन नेउपानेले उक्त लिंगेपिन्ग्मा चढी सुभारम्भ गर्नुभएको थियो । परापुर्व काल देखि नेपालीहरुले दशैको बेला बाँस र डोरीको सहायताले बनाइने बिशेष प्रकारको आकर्षक लिंगेपिंगमा चढेर दशैँ आएको छनक दिदै टोल टोलमा केटाकेटी देखि हरेक उमेरका हरु पिंगमा चचहुइ गर्दै हुइकिने गर्दछन् ।

नेपालीहरुको यहि हराउदै आएको संस्कारलाई सर्व्प्रिय बनाउन जावलाखेल ग्रुप अफ कम्पनीले लाखौ खर्च गरेर लिंगेपिंगको निर्माण यसपालीको दशैँको लागि गरेको स्थानीय डिस्ट्रिब्युटर ग्रिनतारा ग्रुप अफ कम्पनीका संचालक सम्राट श्रेष्ठले बताउनु भयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित