तस्विरहरूमा इटहरीमा दशैं किनमेल महोत्सव (३५ तस्वीरहरु )

इटहरीमा दशै किनमेल महोत्सव सुरु भएको छ । दशैं किनमेल महोत्सव–२०७५ को उद्घाटन माननीय वन उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले एक कार्यक्रमको बिच गर्नु भएको छ ।कार्यक्रमको सभापति एरिना टेलिभिजनका सञ्चालक समिर कार्कीले गर्नु भएको थियो । एरिना टेलिभिजनले पहिलो पटक इटहरीमा दशैं किनमेल महोत्सव गर्न लागेको हो । महोत्सवको मुख्य आर्कषण हेलिकप्टरबाट महोत्सव स्थलदेखि ताप्लेजुङको पाथिभारा मन्दिर,भेरेटार हुदै कोशी टप्पु, धरान इटहरी लगायत पूर्वका प्राकृतिक मनोरम दृश्यावलोकन रहेको आयोजकले बताएको छ ।

महोत्सवमा दशैं लक्षित खाधान्न,लत्ता कपडा,जुत्ताचपल,घरेलु उत्पादन , सजावटका सामग्री लगायतका ५० भन्दा बढी स्टलहरु राखिने महोत्सवका व्यबस्थापक बिजय गिरीले बताउनु भयो । वहाँले महोत्सवमा हरेक दिन साँझ ख्याति प्राप्त कलाकारहरुद्धारा सांगीतीक कार्यक्रमहरु गरिने पनि जानकारी दिए । महोत्सवमा प्रवेश शुल्क एक सय रुपैया रहेको छ ।



Purbeli TV

प्रतिक्रिया

सम्बन्धित