रामधुनीमा जितियालाई हर्ष उल्लास साथ मनाईयो (तस्विरहरू सहित)

झुम्का र सुनसरीको रामधुनीमा थारु समुदायको महिलाहरुको महान पर्व जितिया महोत्सव कार्यक्रमलाई धुमधाले मनाएका छन । पूर्वका थारु समुदायले विशेष रुपमा मनाउने जितिया पर्व थारु महिला सभा सुनसरीले आयोजना गरी विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रम गरी मनाएको हो ।कार्यक्रममा कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरीले जितिया महोत्सव कार्यक्रमलाई थारु रोटी पकाएर उद्घाटन गर्दै आफनो संस्कृति, संस्कार प्रति उल्लेखनीय रुपमा सहभागिताले महिलामा विस्तारै परिर्वतन हुदै गएकोमा खुशी व्यक्त गरिन । साथै थारु समुदायको महिलाहरु अव आपनो पहिचान र पहुच बढाउन आवश्य रहेको धारणा व्यक्त गरिन ।

मन्त्री चौधरीले आफु कृषि मन्त्रीको भएको नाताले किसानहरुले भोग्दै आईरहेको समस्यालाई छिट्टै समाधान गर्ने र सौहलियत रुपमा कृषकहरुलाई बैङमा सुलभ र सजिलो रुपमा क्रणको व्यवस्था गर्ने योजना रहेको बताउनु भएको छ । उक्त कार्यक्रममा प्रदेश नं १ का सासंद नवोदिता चौधरी, पूर्व पर्यटन राज्य मन्त्री सुमित्रा विश्वास, थाकस केन्द्रिय सदस्य पुनित लाल चौधरी, थाकस पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, रामधुनी उपमेयर सविना चौधरी लगायतले जितिया पर्वको शुभकामना मन्तव्य राखेका छन ।

हजारौ महिलाहरुको सहभागितामा जितिया कार्यक्रममा सुनसरीका विभिन्न नगरपालिका, गाउँपालिका बाट आएका थारु समदायका महिला दिदी बहिनी, दाजु र भाइले आफनो परम्परागत भेषभुषामा सजिएर आएर रामधुनीको झुम्का बजारमा झाँकी यारली सहित बजार परिक्रमा गरेका थिए । असोज महिनाको कृष्णपक्षको सप्तमीको दिन पोखरीमा विवाहिता महिलाहरुले घिरौंलाको पातमा घिरांैलाको फूल, पिना र तोरीको तेल चढाएर जितवाहन भगवानको आह्वान गरेर यो पर्व सुरु हुन्छ । जितिया पर्व तीन दिनसम्म मनाउने गरिन्छ ।

जितिया पर्व सुनसरी, मोरङ, सप्तरी, झपा, उदयपुर, सिरहा जिल्लाका थारु समुदायले आफना घर–परिवारको दीर्घाय’ साथै सन्तानको सुख शान्तिका लागि यो पर्व विशेष रुपमा मनाउने चलन रहेको जन विश्वास रही आएको छ । उक्त जितिया कार्यक्रम थारु महिला सभा सुनसरीका सभापति राजोदेवी चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित