प्रकृतिको काखमा लडिबुडी खेल्दै ईटहरीको तालतलैयामा बिचरण ! (७६ तस्विरहरू सहित)

ईटहरी । प्रदेश १ मा पर्यटकीय सम्भावना बोकेका दर्जनौ स्थानहरु छन । जहाँ मानिसहरु आफनो ब्यस्त दैनिकीलाई थाती राखेर केही क्षण भएपनि स्वच्छ,शान्त र मनोरम बाताबरणमा आनन्दको श्वास फेर्छन । शहरको कोलाहल, धुलो, धुवाँ र ब्यस्त जीवनलाई केही क्षणका लागी भएपनि आराम महशुस गराऊन पुग्नैपर्ने एक महत्वपुर्ण गनतब्य हो सुनसरीको ईटहरीमा रहेको तालतलैया क्षेत्र ।

ईटहरी चौकदेखि पुर्व बस स्टेण्डबाट करिब ७ किलोमिटर उत्तर तथा तरहरास्थित पानीपियाबाट करिब ५ किलोमिटर पुर्वमा रहेको सो स्थान पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरुको प्रमुख रोजाईको गनतब्य बन्न थालेको छ । सो स्थानमा दैनिक ३ सयदेखि ५ सय सम्म मानिसहरु पुग्ने गरेका छन भने बनभोज र बिदाको समयमा यो संख्या तेब्बर सम्म हुने गरेको छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण सो क्षेत्रको सौन्र्दयताले कस्लाई पो मख्ख नपार्ला र ? प्रकृतिको काखमा लडिबुडी खेल्दै,बिचरण गर्नेहरुका लागी यो एउटा प्रकृतिको अनुपम उपहार नै हो भन्दा फरक नपर्ला ।

कसरी रहयो तालतलैयाको नाम

चारकोशे जंगल फडानी गरी बनाईएको मानवबस्ती,त्यहि बस्तीका गाईबस्तुको गौचरण अनि,जरुवा उम्रने पानीबाट बनेका स–साना पोखरी,जहाँ गाईबस्तुहरु पानी पिउने गर्दथे ताल नै ताल भएको सो क्षेत्रलाई स्थानीयहरुले तालतलैया भन्न थालेका रहेछन ।

पछि त्यहि क्षेत्र ईटहरी शहर बन्ने क्रमसँगै केही अगुवाहरुले सो क्षेत्रलाई संरक्षण गर्न थाले । पछि २०६२ सालतिर ईटहरीमा मेयर सर्बध्वज साँवा,उपमेयर रेवतीरमण भण्डारी लगायतले तालतलैयाको खाका कोरे र उपभोत्ता समिति निर्माण गरी संरक्षण गर्न शुरु गरियो । शुरुमा ७६.७५ हेक्टरमा फैलिएको तालतलैया क्षेत्र २०७२ सालदेखि २ सय ५० हेक्टरमा फैलिएको छ । ईटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने शान्तिनगरी र सरस्वती सामुदायिक बन क्षेत्रमा तालतलैया फैलिएको छ । सामुदायिक बनहरुमा यस्को क्षेत्र परेपनि तालतलैयाको बिकास र सम्बद्र्धनका लागी तालतलैया बिकास तथा संरक्षण समिति क्रियाशिल रहेको छ ।

के के छन तालतलैयामा

टयाङग्रा र टयाङग्री खोलाको मुहान समेत रहेको तालतलैयामा रहेका ५ वटा पोखरी जहाँ बाह्ैमास जरुवा पानी उम्रिन्छ, पछिल्लो समय जेटबोट समेत सञ्चालन गरेर पर्यटक तानिरहेको सो क्षेत्र प्रदेश १ कै प्रमुख आकर्षक पर्यटकीय स्थल हो । ईटहरी २ र ३ मा अबस्थित प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र तालतलैयाबाट बिद्युत उत्पादन गर्न सकिने प्रशस्तै सम्भावना समेत रहेको छ ।

आर्कषक प्रवेशद्धार बुढासुब्बा मन्दिर,फलामको आकाशे पुल,आर्कषक पोखरीहरु,जेटबोट,घुमाउने पोखरी,नागबेली पोखरी,ठुलो टयाङग्रा पोखरी,३३ वटा बिभिन्न देशका मुर्तिकारहरुले निर्माण गरेको ढुंगाको मुर्ति,बालउद्यान,घोडचढी,प्राकृतिक सुन्दरता र जैविक बिबिधता यहाँका मुख्य आर्कषण हुन ।

ढुंगाको मुटु देखि बिबिध कला

तलतलैया क्षेत्रमा बिभिन्न देशका ३३ वटा मुर्तिकारहरुले निर्माण गरेका ढुंगाका आकर्षक मुर्तिहरु रहेका छन । ढुंगामा निर्माण गरिएको मुटुको आकृति देखि बिभिन्न कलाले सबैलाई मोहित पार्ने गरेको छ । सो कला हेर्न मात्र पनि पर्यटकहरु सो क्षेत्रमा भित्रिन्छन ।

के छन सम्भावना र योजना ?

तालतलैयाको बिकास र संरक्षणका लागी डिपिआर नै निर्माण गरी अघि बढने तयारी भईरहेको तालतलैया बिकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बु बताउँछन । उनका अनुसार सबै पोखरीहरुलाई जोडेर मोटरबोट सञ्चालन गर्ने,सेमिनार हल निर्माण,स्वीमिङ पुल,भ्युटावर,कैलाश पर्वत लगायतका बिबिध योजनाहरु अघि सारिएको उनले बताएका छन । मुख्यमन्त्री शेरधन राईले समेत यो क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागी उपयुत्त भएको भन्दै सहयोग गर्ने बचन दिएको उनले बताएका छन । तालतलैया क्षेत्रमा झार उर्मिएका कारण सर्पको बिगबिगि बढेको र यौनजन्य क्रियाकलाप हुने गरेको हल्ला भएपनि सो निराधार रहेको सादा र पोशाकमा समेत प्रहरीहरु खटाईएका कारण यो क्षेत्र पुर्ण सुरक्षित रहेको समेत लिम्बु बताउँछन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित